विदेशमा अलपत्र नेपालीको उद्दार सुरु, म्यानमारबाट २६ नेपाली ल्याइए



काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् । म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौं आएको हो । कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड १९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) को संयोजनमा उद्दार गरेर ल्याइएका नागरिकको व्यवस्थापन गरिँदैछ ।

म्यानमारबाट फर्किएका मध्ये प्रदेश १ का ४ जना, बागमती प्रदेशमा १७ जना, गण्डकी प्रदेशका ४ जना, प्रदेश ५ का १ जना रहेका छन् ।  विमानस्थलमा ओर्लिने वित्तिकै उनीहरुको ७ दिन अघिसम्मको स्वास्थ्य परीक्षण प्रमाण पत्रको जाँच गरिनेछ । सेन्टरमा उनीहरुको थप व्यक्तिगत विवरण पनि संलकन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘प्रहरीको व्यवहार दुरुस्त भयो भने सङ्गठनकै छवी उच्च हुन्छ’

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहार दुरुस्त भयो भने सङ्गठनकै

चितवन र बाँकेमा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ ।

अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच भएको

मसिर ९ गतेदेखि कक्षा १२ को परीक्षा (तालिकासहित)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन