संसदबाट एमसीसी पास गराउन लागेको विरोधमा राष्ट्रिय झण्डा धोएर प्रदर्शन



काठमाडौं । सबैभन्दा फरक प्रकारको र शान्तिपूर्ण र प्रभावकारी नयाँ शैलीका विरोध प्रदर्शन गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले राजनधानी काठमाडौंमा अराष्ट्रिय तत्वले नै राष्ट्रिय झण्डा हल्लाउँदै विदेशीको एजेण्ट बनेर एमसिसि पास गराउन लागेको विरोधमा राष्ट्रिय झण्डा धोएर प्रदर्शन गरेको छ ।

यसपूर्व स्वतन्त्र राष्ट्रिय अभियान नेपालले इण्डियन प्रधानमन्त्री नरेन्द्र मोदीलाई इमेल गर्ने कार्यक्रम गरेको थियो । त्यसैगरी अभियानले सबै सांसदहरुलाई सबै जिल्लाबाट मतदाताले नै फोन गरेर एमसिसि पास गरेमा जिल्ला फर्कँदा सामाजिक बहिष्कार कारवाही गर्ने चेतावनी दिने कार्यक्रम पनि जारी राखेको छ ।

यसैवीच देशको राष्ट्रिय झण्डा विदेशी एजेण्टहरु नै सरकारमा पुगी गाडीमा प्रयोग गर्दै हिँडेर बिटुलो बनाएको भन्दै शुद्धीकरणका लागि आज राजधानीमा राष्ट्रिय झण्डा धोएर सांकेतिक विरोध प्रदर्शन गरिएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियान, नेपालको आयोजनमा माइतीघर मण्डलामा भेला भई विदेशी एजेण्ट होसियार, राष्ट्रघाती एमसिसि चाहिँदैन, लगायतका नारा सहित उपस्थित प्रदर्शनकारीहरुले झण्डा धोएर झण्डालाई सलाम गरेका थिए ।

त्यसैगरी अभियानले ७७ वटै जिल्ला समिति, नगर र गाउँ समिति तथा अभियानका २२ वटा देशमा रहेका विदेश शाखा समितिमा समेत नेपालको राष्ट्रिय झण्डा धोएर नेपालमा नेपाली जनताभन्दा विदेशीको स्वार्थ अनुसार काम हुने गरेको भन्दै सांकेतिक विरोध गरिएको जनाएको छ ।

कार्यक्रममा अभियानका संयोजक तथा अधिवक्ता स्वागत नेपालले सन् २००० पेरुमा महिलाहरुले मात्र आफ्नो देशको सरकारले विदेशीको इच्छा अनुसार जनघाती र राष्ट्रघाती सम्झौताहरु गरेको विरोधमा राष्ट्रिय झण्डा धोएर शुरु गरेको विरोधबाट शुरु भएको आन्दोलनले अल्बर्टो फुजीमोरीको सरकार ढलेर देश छोडेर भाग्न बाध्य बनाएको उल्लेख गर्दै यस्तो सांकेतिक विरोध सबैभन्दा शक्तिशाली शान्तिपुर्ण विरोध कार्यक्रम भएको बताए ।

साथै उनले पवनपुत्र हनुमानले समेत आफ्नो झण्डा विरोधीहरुले अपवित्र बनाइदिए पछि जडीबुटी र जलले धोई पवित्र बनाएर मात्र प्रयोग गरेको समेत बताउँदै यो वौद्धिक आन्दोलनले धेरै ठूलो अर्थ बोकेको पनि बताए ।

कार्यक्रममा स्वतन्त्र राष्ट्रिय साहित्यकला अभियानका विभागीय अध्यक्ष साहित्यकार तथा अधिवक्ता कृष्ण प्रसाइ, अर्थ विभाग प्रमुख बोधनाथ न्यौपाने, विद्यार्थी अभियानका इञ्चार्ज के के थापा, केन्द्रीय सदस्य फत्ते परियार समेतले बोलेका थिए ।

शान्तिपूर्ण र सिर्जनशील विरोध कार्यक्रमहरु गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियानले यसपूर्व इण्डियन प्रधानमन्त्रील नरेन्द्र मोदीलाई सोझै २२ वटा देशका शाखा र नेपालभरका सबै अभियन्ताहरुले एकै पटक इमेल गरेर सीमा मिचिएको विषयमा विरोध जनाएका थिए भने पछिल्लो चरणमा देश विदेश सबैतिरबाट आआफ्ना क्षेत्रका सांसदहरुलाई फोन गरेर एमसिसि पास नगर्न अनुरोध गर्ने अभियान पनि जारी राख्दै सबै नागरिकका लागि प्रतिनिधी सभा र राष्ट्रिय सभाका सांसदहरुलाई फोन र इमेल उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा मुस्ताङको मार्चे लेक

धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको