लकडाउन खुकुलो पार्न र परीक्षणको दायरा बढाउन प्रधानमन्त्रीलाई विज्ञको सुझाव



काठमाडौं । विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई परीक्षणको दायरा फराकिलो बनाउन सुझाव दिएका छन् । करिव पाँच घण्टा लामो छलफलमा विज्ञहरुले प्रधानमन्त्री ओलीलाई परीक्षणका दायरा बढाउन र लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएको बताएका छन् ।

छलफलमा सहभागी जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले आफूले प्रधानमन्त्रीलाई परीक्षणको दायरा बढाउन र लकडाउन खुकुलको पार्न सुझाव दिएको जानकारी दिए । त्यस्तै दीक्षिले प्रधानमन्त्रीलाई ज्ञान नभएको विषयमा जथाभावी नबोल्नसमेत आग्रह गरेका छन् ।

अर्का जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएको बताएका छन् । उनले चरणबद्ध रुपमा लकडाउन खुकुलो पार्न आफूले सुझाव दिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) छनोटसम्बन्धी

आगलागीबाट यसरी सखाप भयो महोत्तरीको मटिहानीको एक बस्ती(फोटोफिचर)

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ।

सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था

    काठमाडौँ ।  सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल