एमसीसीबारे नेकपामा व्यापक छलफलपछि मात्र निर्णय गरिने



काठमाडौँ । अमेरिकी सहयोग कार्यक्रम (एमसीसी)का बारेमा सत्तारुढ नेकपाले व्यापक छलफल गरी पछि निर्णय लिने भएको छ। एमसीसीकाबारेमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको पार्टी सचिवालय बैठक यसबारेमा कुनै निर्णय नगरी सम्पन्न भएको हो ।

बजेटमा अनुसूचिमा रहेको बजेटको स्रोतमा उल्लेख भएको एमसीसी संसदमै विचाराधीन विषय रहेको हुनाले पछि निर्णयबमोजिम हुनेगरी अर्थमन्त्रीले स्पष्ट पार्ने बताइएको छ । एमसीसीको बारेमा सचिवालयमा व्यापक छलफल गरी पछि निर्णय गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । हाल एमसीएले गरिरहेका कामहरूको सम्बन्धमा अनुमोदनपछि गरिनुपर्ने कतिपय काम अघि नबढाउने गरी स्थिति बुझेर स्पष्ट पारिने  बैठकले निर्णय गरेको छ ।

एमसीसी अन्तर्गतको कार्यक्रम आगामी आर्थिक वर्षको बजेटमा समावेश भएपछि उत्पन्न विवाद समाधानका लागि नेकपाको सचिवालय बैठक बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदलका सदस्य, परराष्ट्र र अर्थमन्त्रीलाई पनि बोलाइएको थियो ।

बैठकमा सचिवालयका सबै सदस्यसहित एमसीसी कार्यदल सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीम रावललाई पनि आमन्त्रित गरिएको थियो । पार्टीमा विवादित बनेको एमसीसी कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा घुसाएको भन्दै नेताहरुले सचिवालय बैठक माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने

बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय

बागलुङमा जङ्गलभरि आगलागी, बासस्थान खोज्दै वन्यजन्तु झरे गाउँ

बागलुङ ।बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक