रुकुम हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन



काठमाडौं । अन्तरजातीय प्रेम सम्बन्धका बिषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको बिरोधमा मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका ४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा परेर मृत्यु भएको घटनाको विरोधमा नेपाल दलित विद्यार्थी संघले काठमाडौंंको माइतीघर मण्डलमा प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा घटनालाई नछाड्न माग गरेका छन् । जेठ दश गते साँझ भएको घटनाको भेरी नगरपालिका ४ का नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका १ का टीकाराम सुनारको शव भेटिइसकेको छ । भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार र भेरी नगरपालिका४ का सन्दीप बिक बेपत्ता छन् । घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले छानबिन समिति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काभ्रेमा सहकारी रकम अपचलनमा २० पक्राउ, ४६ फरार

काभ्रे । जिल्लामा सहकारीको रकम अपचलन अभियोग लागेकामध्ये २० जना पक्राउ परेका छन्भने

कैलालीको जनशक्ति सामुदायिक वनमा पाटेबाघ मृत फेला

धनगढी । कैलाली जिल्लाको टीकापुर नगरपालिका-२ स्थित जनशक्ति सामुदायिक वनमा शनिबार पाटेबाघ मृत

निषेधित क्षेत्र तोड्ने राप्रपाको तयारीप्रति गृह मन्त्रालयको आपत्ति

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको

मुस्ताङको घट्टेखोलामा चौँरी मेला

मुस्ताङ। हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टेखालामा आजदेखि चौँरी मेला सुरु भएको छ