‘सस्तो लोकप्रियतावादी’ काम छाड्न सरकारलाई कमल थापाको आग्रह



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेताहरुको घरघरमा नक्सा पुर्याउँदैहिडने ‘सस्तो लोकप्रियतावादी’ काम छाड्न सरकारलाई आग्रह गरेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधवार जारी गरेको नक्सा मन्त्री पद्मा अर्यालले शीर्ष नेताहरुको घरघरमा पुगेर हस्तान्तरण गरिरहेकोप्रति आपत्ति जनाउँदै थापाले यस्तो काम नगर्न आग्रह गरेका हुन् ।

अद्यावधिक नक्सा जारी गरेपछि मन्त्री अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्नि सापकोटा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई घरमै गएर नक्सा हस्तान्तरण गरेकी थिइन् । थापाले लेखेका छन्, ‘नेताहरुको घरघरमा नक्सा पुर्याउँदै हिडने ‘सस्तो लोकप्रियतावादी’ काम छोडनोस्। सार्थक कुटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमी फिर्तालिनेवारे गम्भीर गृहकार्यमा लाग्न सरकारको ध्यान जाओस् । काम नभएका मन्त्रीजीहरुलाई कोभिड १९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउनुहोस्। ’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेवनानको राजधानी बेरुतमा नेपाली सेनामाथि आक्रमण, उपरथी चोकबहादुर ढकाल घाइते

काठमाडौँ।  युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति

२० किलो चरेश र २१ किलो गाँजासहित रुपन्देहीमा सातजना पक्राउ

  लुम्बिनी । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणामको  गाँजा र चरेससहित सातजना

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट

चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक

पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’

वीरगञ्ज । पर्सा जिल्लाको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको