सरकारको सर्वत्र विरोध भएपछि पूर्वराजालाई झापाबाट काठमाडौं आउन अनुमति



काठमाडौं । चौतर्फी भारी आलोचना भएपछि सरकारले पूर्वराजा ज्ञानेन्द्र दम्पत्तिलाई काठमाडौं आउने स्वीकृति दिएको छ । पूर्वराजाका सम्वाद सचिव डा. फणिराज पाठकले दिएको जानकारी अनुसार, झापाबाट काठमाडौंका लागि महाराजको सवारी चलिसकेको छ ।

यस्तै राष्ट्रिय सरोकार मन्चका संयोजक तथा वरिष्ठ कर्मनिष्ठ अभियन्ता सोमविक्रम सिंहले पनि पूर्व राजाको काठमाडौं आगमनलाई सहज बनाएकोप्रति सरकारलाई धन्यवाद दिनु भएको छ । उहाँले सरकारको सवारी रोक्ने र पुनः अनुमति दिने वर्तमान सरकारी कदमलाई व्यंग्यात्मक रुपमा आलोचना पनि गर्नु भएको छ ।

यता स्वतन्त्र नागरिक समाजका संयोजक हेमबिक्रम सिलवालले पनि राजदम्पत्तिलाई राजधानी आउन दिने सरकारी निर्णयको स्वागत गर्नु भएको छ । पूर्व राजा रानीलाई राजधानी आउन नदिने निर्णयको जनस्तरबाट चर्को विरोध भएपछि सरकार राजारानीलाई झापाबाट काठमाडौं आउन दिन वाध्य भएको संयोजक सिलवालको कथन छ ।

हिजो नै पूर्व राजदम्पत्ति काठमार्डौ फिर्ने तयारी स्वरुप जिल्ला प्रशासन कार्यालयबाट सवारी पासको अनुमति लिएका थिए । तर माथिको आदेश भन्दै गृहमन्त्रालयले सिडिओ कार्यालयले दिएको अनुमति रद्ध गरेको थियो । त्यसपछि सामाजिक सन्जाल र मिडियामा सरकारी कदमको चर्को विरोध र आलोचना भएको थियो ।

पूर्व राजाको सवारी पास रद्ध गर्ने सरकारी निर्णमा एकदिन पनि नटिक्दै सरकारले फेरि पूर्व राजदम्पत्तिलाई राजधानी आउन दिएको छ । यसबाट सरकारी निर्णय हचुवा र हतारमा हुने गरेको देखिएको छ । गत चैत्र पहिलो साता झापा गएका पूर्वराजा रानी आज राजधानी फर्किन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडी बढाउने सहमति

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण तत्काल अघि बढ्ने सहमति

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

  तनहुँ । तनहुँ जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन

डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना, चालक त्रिशूलीमा बेपत्ता

मुग्लिन । चितवनको कालीखोलामा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूलीमा खसेका छन् । इच्छाकामना

रानीमहल पुग्दै प्रेमिल जोडी

पाल्पा । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट