अतिक्रमित भूमि भारतलाईनै भाडामा दिने कुरा नगर्नुनै बुद्धिमानीः भीम रावल
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले भारतले नेपाली भूमि अतिक्रमण गरी बनाएको सडक भारतलाई नै भाडामा दिने कुरा नेपाल कमजोर हुने तर्कमात्र भएको बताएका छन् । बिहीबार ट्वीट गर्दै रावलले भाडामा दिने कुरा गरी वार्तामा नेपाल कमजोर हुने तर्क नगर्नु बुद्धिमानी हुने बताएका हुन् ।
रावलले लेखेका छन्, ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग भएको तथ्य ऐतिहासिक दस्तावेज र प्रमाणको आधारमा पुष्टि गर्दै भारतसंग दृढताकासाथ कुरा गर्नुपर्छ । अन्तर्राष्ट्रिय कानून विपरीत अतिक्रमण गरी बनाएको सडक भारतलाई नै भाडामा दिने कुरा गरी वार्तामा नेपाल कमजोर हुने तर्क नगर्नु बुद्धिमानी हुन्छ ।’ बुधबार सर्बदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि छाड्न नसकिने बरु भाडामा दिन सकिने बताएका थिए ।