प्रधानमन्त्रीका सल्लाहकारहरुका कारण पार्टी र सरकार संचालनमा समस्याः भीम रावल
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुका कारण पार्टी र सरकार संचालनमा समस्या भएको आरोप लगाएका छन् । बुधबार ट्वीट गर्दै नेता रावलले म कहाँ एक महिनादेखि सम्पर्कमै नरहेका सुरक्षाकर्मीलाई कोरोना लागेको र त्यसबारेमा आफूलाई सम्पर्क नगरी संचारमाध्यममा गलत सन्देश फैलाएको भन्दै समस्यानै सल्लाहकारहरुमा भएको बताएका हुन् ।