संक्रमित बढेपछि लकडाउनमा कडाई, एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने



काठमाडौं । एकै दिन ५७ जना कोरोना भाइरस संक्रमित भेटिएपछि सरकारले एक जिल्लाबाट अर्कोमा जान कडाइ गर्ने भएको छ । गृहमन्त्रालयले मंगलबार निर्णय गर्दै जेठ १ गतेदेखि यो लागु हुने र यसअघि जारी गरिएका सबै किसिमका पास रद्द गर्ने निर्णय गरेको छ। जानैपर्ने भएमा पुग्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीको पनि स्वीकृति लिएर पास दिन सक्ने छ। । काठमाडौ उपत्यका बाहेकका जिल्लामा गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

एउटै जिल्लाभित्र पनि आवतजावतका लागि पनि अनिवार्य सवारी पास चाहिने नियम लागू गर्ने निर्णय लिएको छ । अधिकारी अनुसार अब परिचयपत्र मात्रै देखाएर सडकमा निस्कन पाइँदैन । बाहिरबाट राजधानी उपत्यका भित्र आउनेले गृह मन्त्रालयको अनुमतिमा सम्बन्धित जिल्लाबाट पास लिएर आउन पाउने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले मकुना मृत्यु छानबिन गर्न बनायो समिति गठन

  काठमाडौँ । सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जङ्गली हात्ती

५४ लाख रुपैयाँ धरौटी बुझाएर रवि लामिछाने रिहा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतले मागेको धरौटी

आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत मात्र खर्च हुने अनुमान

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान

कांग्रेसले भन्यो-आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन अध्यादेश

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले निजी क्षेत्र लगानीको इन्जिन भएको