भारतले सीमा विवाद कूटनीतिक ढंगबाट समाधान गर्न नचाहेमा मात्र अर्को बाटो खोज्नुपर्छः प्रचण्ड



काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले सीमा विवाद कूटनीतिक ढंगबाट समाधान गर्न नचाहेमा नेपालले त्यसभन्दा अगाडि कस्तो बाटो अपनाउने हो भन्ने निष्कर्षमा पुग्नुपर्ने बताएका छन् । आइतबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा अध्यक्ष प्रचण्डले सकेसम्म कूटनीतिक र उच्च राजनीतिक तहबाट समस्या समाधान हुनुपर्नेमा जोड दिए ।

भारतले लिपुलेक भएर चीन जाने सडक निर्माण गरेसँगै सीमा विवादमा चीन पनि जोडिन आइपुगेको प्रचण्डको भनाई थियो । यो समस्या समाधानमन तीनवटै देशको समझदारी हुनुपर्ने भन्दै उनले लिपुलेकलाई त्रिदेशीय व्यापारिक नाका बनाउन सकिने धारणा राखे ।

भारतले विगतदेखि नै लिपुलेक, लिम्पियाधुरा र कालालापानी आफ्नो नक्सामा राख्दै आएकोमा सुगौली सन्धियता नेपालमा रहेको भूमागलाई फिर्ता ल्याउन पहल हुनुपर्ने उनले बताए ।

उनले भारतले नेपाली भूमिमा सडक निर्माण गरेको र गृहमन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विवाद गम्भीर मोडमा गएकोले राजनीतिक र कूटनीतिक तहमा पहल थाल्न सुझाव दिएको बताए । यस्तै, सीमामा कहिले कसले कति गल्ती गरे भन्नेबारेमा समीक्षा हुनुपर्ने पनि उनले बताए । अहिलेसम्मका सरकारहरूले के गरे भन्ने समीक्षा गर्ने बेला आएको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वर्गद्वारी गुठी पीडित किसानहरुलाई यथाशीघ्र न्याय प्रदान आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानहरुलाई सरकारले

प्रतिपक्षीको विरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

  काठमाडौँ । प्रतिनिधिसभाको बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने माग राख्दै प्रतिपक्षी दलका

सुपारीको पातबाट बनेका थाल, बटुका युरोप निर्यात

२९ माघ, झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका

धनबहादुर वली लाओको राजदूत नियुक्त

काठमाडौं । थाइल्याण्डका लागि नेपालको आवासीय राजदूत धनबहादुर वलीलाई लाओको पनि जिम्मेवारी दिइएको