अधिकतम स्वास्थ्य सतर्कता अपनाएर संसद बैठक संचालन गरिने



काठमाडौं । संघीय संसदको कार्यव्यवस्था परामर्श समितिले संघीय संसदको बैठकमा अधिकतम स्वास्थ्य सतर्कता अपनाउन जोड दिएको छ । संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको बैठकमा आगामी बैंशाख २६ गतेदेखि सुरु हुने संसद बैठकका लागि पूर्वतयारीका बारेमा छलफल भएको र अधिकतम स्वास्थ्य सतर्कता अपनाउन जोड दिएको हो ।

बैठकमा पूर्वबजेट र नीति तथा कार्यक्रमलाई कसरी राख्ने तथा कोरोना संक्रमणको दृष्टिले स्वास्थ्य सुरक्षाका केही बिषयमा छलफल भएको सांसद दिलेन्द्र बढुले जानकारी दिए । बैठक सुरु हुनुभन्दा पहिले सेनिटाइज गर्ने र नयाँ तरिकाले सिटको व्यवस्था गरिने पनि उनले बताए । रोष्टममा बोल्ने प्रावधान केही दिनलाई रोक्ने र सांसदको आसन अघि नै माइकको व्यवस्था गर्ने र त्यहिबाटै धारणा राख्ने गरि व्यवस्था हुने उनले जानकारी दिए ।

त्यस्तै अन्य स्वास्थ्य सुरक्षाका बारेमा सरकारसंग छलफल गरेर अन्तिम रुप दिने सहमति बैठकमा भएको छ । संघीय संसदको बजेट अधिवेशन आगामी बैंशाख २६ गते अपरान्ह चार बजे बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो

काठमाडौँ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ ।

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

बागलुङ । गत शनिबारको छिपिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हनुमान नाचले बागलुङ बजारको

झापामा बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

झापा । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को  सात करोड

बाराको नवजन्म पुनःस्थापना केन्द्रमा प्रदीप मण्डलको हत्यामा संलग्न फरार अभियुक्तलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

बारा । दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा