‘यो देशमा सिंहदरबार आउनेलाई कोरोना लाग्दैन ?’



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले बिना कुनै सावधानी संसदीय समितिको बैठक संचालन गरिएको भन्दै आपत्ति जनाएकी छन् । सामाजिक संजाल फेसबुकमार्फत झाँक्रीले एकाएक सिंहदरबारमा भिड बढेको भन्दै आपत्ति जनाएकी हुन् ।

कोरोना संक्रमणको जोखिम रहेको बेला विभिन्न जिल्लाबाट सांसदहरु काठमाडौं आउनु भएको र समितिका बैठक चाउनु कति उचित हो भन्दै प्रश्न गरेकी छन् । उनको प्रश्न छः लकडाउन सर्वसाधारण जनतालाई मात्रै हो र के सिंहदरबार आउनेलाई कोरोना लाग्दैन ?

उनले लेखेकी छन्, ‘एकाएक सिंहदरवारमा भिडभाड बढ्यो । विभिन्न जिल्लाबाट माननीयहरू आउनु भएको छ । यतिन्जेल देशमा लकडाउन पनि छ । तर बिना कुनै साबधानी, यसरी निर्वाध समितीका बैठक चलाउने हो भने, दुई कुरा मान्नुपर्योः
१. यो देशमा सिंहदरवार आउनेलाई कोरोना लाग्दैन।
२. लकडाउन सर्वसाधारण जनतालाई मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशिएका श्रमिकको हितका लागि सरकारले थप कार्यक्रम ल्याउँछः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हितका

एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा हाल देखापरेको विवाद समाधानका

शिक्षामन्त्रीको राजीनामाले विद्यालय शिक्षा विधेयक पारित हुन अब केही महिना ढिलो हुने स्थिति सिर्जना भयो

-सूर्य थापा । शिक्षामन्त्री विद्या भट्टराईले आज पदबाट दिनुभएको राजीनामा अनपेक्षित र असान्दर्भिक

प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन

काठमाडौं । सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको