के भन्छन् पार्टीभित्रको विवादबारे नेकपाका युवा नेता ?



काठमाडौं । सत्तारुढ नेकपा फुटाउन हस्ताक्षर अभियान चलाउन थालिएको भन्दै पार्टीभित्रकै नेताले नेतृत्वलाई संयम हुन आग्रह गरेका छन् ।

राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा फेसबुकमा लेख्छन्, पार्टीमा विधि, पद्दति, कार्यशैली, जिम्मेवारी र नेतृत्वको बारेमा छलफल हुँदा पार्टी कसरी फुट्छ ? एकतामा खलल कसरी आउँछ ? बरू पार्टी झन् एकताबद्द र सुदृढ हुन्छ । दल सम्बन्धि कानुनअनुसार फुटका लागि कुनैपनि पक्षसँग पनि वैधानिकता पुग्दैन, अनि कसरी फुट्छ ? फुटको कुरा गरेर नेता कार्यकर्तालाई आतंकित नबनाउँ !


त्यसैगरी नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल लेख्छन्

०६२/६३ को जनआन्दोलनका बेला कलंकीमा सशस्त्रका एएस्पी दुर्जकुमार राईले गोली ताकेको फोटो सार्वजनिक भएपछि आन्दोलनकारीलाई उनैले चलाएको गोली लागेको चर्चा भइरहेको बेला एकजना पूर्वप्रहरी प्रमुखसँग कुरा हुँदा राईले गोली नचलाएको तर्क गर्दै उनी हिम्मतिलो मान्छे भएको भन्दै एउटा थप कुरा गरेका थिएः ‘बलियो कमान्डरले गोली चलाउँदैन, कायरले मात्र गोली चलाउँछ ।’

म विश्वास गर्छु, शुन्यबाट आन्दोलनको सुरुआत, एकता, विभाजन, फेरि एकताका अनेकौँ शृंखला पार गर्दै यहाँसम्म आएका हाम्रा नेताहरु बलिया कमान्डर हुन्, तिनीहरुले ‘गोली’ चलाउने छैनन् ।

छैटौँ शताब्दीका चिनियाँ सैन्य रणनीतिकार सुन जुले भनेकै छन्, ‘लडाइँ बिनाको विजय नै सर्वोत्तम हुन्छ ।’ (It is best to win without fight)

त्यस्तै नेकपाका नेता लेखनाथ न्यौपाने लेख्छन्

कम्युनिस्ट पार्टीका नेता भएर असनको साँढे बन्ने व्यवहार देखाइरहने हो भने, नीतिगत गल्ती गर्दै जाने हो भने र व्यक्तिगत अहंकार बोक्ने नै हो भने अन्यत्र जस्तै हाम्रोमा पनि दुबै रुप (एउटा रुपको आन्दोलन विसर्जन गरेरै यो ठाउँमा आएका हामी बहादुरहरु हौं) का कम्युनिस्ट आन्दोलन अन्तिम ढंगले सकिने छ । आन्दोलनलाई श्रद्धान्जली दिने अन्तिम पात्रहरु आजको नेकपाको नेतृत्व पुस्ता हुनेछ । ज्योति वसुमा अहंकार थियो कि थिएन कुन्नी तर नीतिगत कमजोरी बेस्कन गरेको प्रष्ट देखिन्छ । त्यसैले नेकपा, पश्चिम वंगालको भाकपा (माक्र्सवादी) र यसको तर्फबाट सरकारको नेतृत्व गरेको ज्योति वसुको हालतमा विसर्जन हुने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति संसदको रेडर्कबाट हटाउन एमालेको माग

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचार गर्न

लगानीकर्तालाई दुःख दिने भन्दा पनि ढुक्कसँग लगानी गर्ने वातावरण सृजना गर्नुपर्छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग

रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने बागमती ड्याम

सर्लाहीको बागमती नगरपालिका–११ कर्मैया र रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने बागमती ड्याम ।

खोटाङमा मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

खोटाङ । खोटाङको बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर निधन