नेकपाको संकटः बहुपक्षीय छलफलमा पनि जुटेन सहमति
काठमाडौं। नेकपाभित्रको आन्तरिक संकट थप गहिरिँदै गएको छ । वैशाख ८ मा सरकारले जारी गरेको दुई वटा अध्यादेशलाई लिएर सत्तारुढ दल नेकपाभित्र बढेको विवाद झन् बढ्दै गएको हो । विशेष गरी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल पक्षधरले स्थायी कमिटी बैठक बोलाउनु पर्ने अडान राखेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर समूह अप्ठेरोमा परेको छ।
प्रचण्ड–नेपाल पक्षधर स्थायी कमिटी बैठक बोलाउनु पर्ने अडानमा छन् भने ओली पक्षधर जसरी पनि बैठक रोक्ने पक्षमा छ। त्यसका लागि प्रधानमन्त्री ओलीले पूर्व एमाले समूहका नेतासँगको छलफललाई तीव्रता दिएका छन्। शनिबार ओलीले उपाध्यक्ष वामदेव गौतमसँग लामो छलफल गरेका थिए भने सोमबार वरिष्ठ नेता माधव नेपालसँग एकल छलफल गरेका छन् ।
पार्टीभित्रको विवाद मिलाउन केही मध्यमार्गी नेताले कोशिश जारी राखेका भए पनि सोमवारका फरक फरक भेला र वैठकबाट हुनै निकास निस्केको छैन् । अहिले पार्टीभित्र देखिएको विवाद समाधान भएन भने यसले पार्टीलाई मात्रै होइन, अहिलेको व्यवस्थालाई नै अप्ठेरो पार्ने चिन्ताले नेकपाका एकता पक्षधर नेता कार्यकत्र्ता एकताका लागि पहल गरिरहेका छन् ।
सोमवार प्रधानमन्त्री ओलीले अहिले पूर्व एमालेलाई एक जुट बनाएर वर्तमान समस्याको निकास खोज्ने प्रयाशमा निकै कसरत गरेका भए पनि पराणाम आएको छैन् । विगतमा ओली पक्षबाट धोका र अपमान पाएको भन्दै नेपाल पक्षधर उधारो सहमति नगर्ने पक्षमा देखिएका कारण ओलीपक्षले नेपाल समुहको साथ समर्थन पाउन सकेको छैन । खासगरी माधव नेपालको एक पद एक नेताको नीतिमा कडा अडान रहेको छ । यो अडानमा समर्थन जनाउदा ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एकपद नेपाललाई दिनुपर्छ, जो पार्टी र सरकारमा सधै सर्वशक्तिमान देखिन चाहने ओलीका लागि असम्भव प्रयाः छ ।
नेपाल पक्षधर तत्काल स्थायी कमिटी बोलाउनु पर्ने र सम्पूर्ण विषयको छलफल त्यहीँ हुनुपर्ने पक्षमा सोमवारको वैठकमा पनि कायम रहेका छन्। केपी ओली र माधव नेपालबीच समझदारी बनाउने पूर्व एमाले कित्ताको प्रयास ढिलो भएको ठानिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच समझदारी बढाउन दुई पक्षीय नेताहरूले सोमवार थालेको पहलले कुनै उपलव्धी हासिल गर्न सकेन ।
आईतवार जस्तै सोमवार पनि दुई पक्षीय नेताहरू नेपाल निवास कोटेश्वरमा छलफल गरेर बिना निष्कर्ष उठेका छन् । नेपाल पक्षिय नेताहरूले स्थायी समिति बैठक बोलाउन माग दोहोरयाईरह्का छन् । अध्यक्षद्वय ओली र प्रचण्ड तथा नेता नेपालबीच शक्ति विभाजित हुदा नेकपामा दुई नेता एक ठाउँमा आउनेबित्तिकै अर्को पक्ष अल्पमतमा पर्ने गणितिय समीकरण छ। पछिल्लो समय प्रचण्ड र नेपाल पक्षीय नेताहरू एक ठाउँमा उभिएर सरकारमाथि दबाब बढाइरहेका छन्। यसैक्रममा पूर्व एमाले नेताहरूले नेकपामा पूर्व एमालेपंक्तिलाई एक ठाउँमा उभ्याउने थालेको पहल पनि भ्यागुताको धार्नी बनेपछि ओली समुह थप रक्षात्मक बन्न विवश भएको छ ।
सा्मवारको नेपाल ओली समुहको छलफलमा ओली पक्षबाट नेकपा महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए भने नेपाल पक्षबाट स्थायी समिति सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघु जी पन्त सहभागी थिए ।
यता खुमलटार ओली विरोधी मोर्चाका रुपमा देखिएको प्रचण्ड–झलनाथ वीच लामो छलफल पनि सोमवारै भएको छ । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच प्रचण्ड निवास खुमलटारमा ३ घण्टा लामो छलफल भएको हो ।
अहिलेको अवस्था धेरै लम्ब्याउन नहुने र छिटो भन्दा छिटो स्थायी कमिटी बैठक बोलाएर अहिलेको अन्यौलता हल गर्नुपर्ने विषयमा २ नेताबीच छलफल भएको खुमलटार स्रोतले बतायो ।