तत्काल गुणस्तरीय सामग्री पुर्याएर कोरोनाविरुद्धको संघर्षलाई प्रभावकारी तुल्याउन कांग्रेसको आग्रह



वैशाख १४, २०७७

प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निमन्त्रणामा आज पार्टी पदाधिकारी, पूर्व स्वास्थ मन्त्रीहरु एवं स्वास्थ्य क्षेत्रका बिज्ञहरु बीच महत्त्वपूर्ण बैठक सम्पन्न भयो l कोरोना भाइरसबाट नेपाल र नेपालीको रक्षा गर्ने सन्दर्भमा हालसम्म भएका कार्यहरु बारे गहिरो समिक्षा र अहिलेको मितिमा अनिवार्य रुपले गरिनुपर्ने कार्यहरू बारे बैठकमा बिशेष छलफल भयो l

बैठकको शुरूवातमा सभापति देउवाले पर्याप्त सुरक्षा सामग्री अभावका विच देशभरी कार्य गरिरहनु भएका स्वास्थकर्मि र सुरक्षाकर्मीहरुको प्रशंसा गर्दै कोरोनालाई स्वास्थकर्मीकै नेतृत्व र सुरक्षाकर्मिको समन्वयमा परास्त गर्नुपर्ने धारणा राख्नु भयो l

छलफलका क्रममा आएका महत्त्वपूर्ण विचार र सुझाव उपर नेपाल सरकारको ध्यानाकर्षण गराउंदै कार्यान्वयनका लागि नेपाली कांग्रेस माग गर्दछ l

१, लक डाउनले कोरोनासंग जुध्न वातावरण निस्चयनै निर्माण गर्योन तर लक डाउनको उपयोग गरेर कोरोनाको जोखिम सामना गर्ने अन्य रणनीति निर्माण र कार्यान्वयनमा सरकार अयोग्य र सुस्त देखिएको छ l सरकारले आवश्यक गति बढाउनु पर्छ l

२, परिक्षण समुदाय स्तरसम्म पुर्याअउनु पर्ने अनिवार्य आवश्यकता छ तर र्याकपिड टेस्टको विश्वसनीयतामा विश्वब्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनु पर्छ र पिसिआर कै क्षमता र दायरा बढाइनु पर्दछ l

३, स्वास्थकर्मिहरुलाई पर्याप्त पिपीई लगायतका सामग्री अझैपनि नपुगेको स्थिती छ l यतिको समय ब्यतित हुंदापनी अझै सामग्री पर्याप्त नहुंदा स्वास्थकर्मिहरु जोखिमपुर्ण ढंगले कार्य गरिरहेका छन् l तत्काल गुणस्तरीय सामग्री पुर्यारएर सरकारले कोरोना विरुद्धको संघर्षलाई प्रभावकारी तुल्याउन जरुरी छ l

४, कतिपय बेला स्वास्थकर्मीहरुलाई हतोत्साहित गर्ने र गरिएका जे जस्ता घटना भएका छन् त्यसलाई गम्भीरतापुर्वक लिंदै यस्ता घटना देशभर कहिँपनि हुन नदिन सतर्कता र गम्भीरता जरुरी छ l

५, अस्पतालहरुको हालको क्षमताको एकातर्फ अधिकतम उपयोग, अर्कातर्फ संक्रमितको संख्या बढ्नुसंगै जनशक्ति र उपकरणहरुको वृद्धिमा गति बढाउन जरुरी छ l

६, अन्य रोगका बिरामीको उपचारमा भइरहेको कठिनाइ अन्त्य गरेर सहज वातावरण निर्माण गर्न सरकारले आवश्यक प्रबन्ध मिलाउनु पर्दछ l उपचार कठिनाइ संगै अत्यावश्यक औषधिहरुको अभाव हुँदै जांदा त्यसले नयाँ जोखिम उत्पन्न गर्नेछ, अत औसधि उत्पादन र आयातमा समयमै सचेत रहन जरुरी छ l

७, कयौं ठाउँका क्वारेन्टाइन निश्चित मापदण्ड अनुरुपको नभएको र त्यसो हुंदा एकातर्फ कोरोनाकै थप जोखिम बढ्ने देखिएको छ भने अर्कातर्फ डेङ्गो, मलेरिया र अन्य रोगको संक्रमण समेत भएको विवरण आएका छन् l अत विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनहरुको उचित ब्यवस्थापन जरुरी छ l

जय नेपाल ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रूण अवस्थादेखि नै छोरीमाथि विभेद हुन्छ, केही छोरीलाई जन्मिन नै दिइँदैन

-डा सुधा शर्मा । नेपालका १७ प्रतिशत जनसङ्ख्याको बासस्थान रहेको कर्णाली प्रदेश प्रकृतिको

६ महिनामा कर्तव्य ज्यान मुद्दाका ३६० पुरुष र ४६ महिला पक्राउ

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच

सहकारीको ११ करोड हिनामिना गरेको आरोपमा माता पाथिभरा सहकारीका अध्यक्ष श्रेष्ठ जेल चलान

पर्वत । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका

बुढ्यौलीमा मौलिक भाकाको संरक्षण गर्ने लालबहादुरको मोह

म्याग्दी । उमेरले ७४ वर्ष पार गरेका लालबहादुर पुन मौलिक भाका र पुख्र्यौली