लेखा समितिद्वारा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन सुरु
काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन थालेको छ । लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई पत्र लेखेर स्वास्थ्य सामग्री खरिदसम्बन्धि कागजात ७ दिनभित्र बुझाउन निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयको निर्देशनका कारण स्वास्थ्य सेवा विभागले नियमित टेण्डर प्रक्रिया रद्द गरी छलफलबाट सोझै औषधि आपूर्ति गर्ने निर्णय गरेको थियो। बजार मूल्यभन्दा महंगोमा खरिद भएको, प्रक्रिया मिचिएको अनि सेटिङमा खरिद भएको भनी चौतर्फी आलोचनापछि खरिद रद्द भएको थियो। ओम्नी समूहले पहिलो लटमा मात्रै केही सामग्री आपूर्ति गरेको थियो ।