जेठ दुई गतेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गते(मे १५)सम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको छ । शनिबार बसेको कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको हो । यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाउने निर्णय गरेको थियो ।

त्यसबाहेक कोरोना संक्रमणका विषयमा भएका कामको समीक्षा भएको सचिव नारायण विडारीले जानकारी दिए । बैठकले अहिलेसम्म नियन्त्रणमा सफल नै रहेको निष्कर्ष निकालेको छ । त्यस्तै बैठकमा ३३ दिनसम्मको लकडाउनको समीक्षा पनि भएको छ ।

सचिव विडारीले कति दिन थप्ने या नथप्ने भन्ने तय मन्त्रिपरिषद बैठकले तय गर्ने जानकारी दिए । बैठकले अहिलेसम्म अत्यावश्यक बस्तुको आपूर्ति सहज रुपमा भइरहेको ठहर पनि गरेको
त्यस्तै कोरोना नियन्त्रण र रोकथाम तथा उपचारका लागि भएका प्रयासलाई थप शसक्त ढंगले अघि बढाउने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृषि समितिको निर्देशनः स्वर्गद्वारी गुठी किसानहरूको समस्या समाधानका लागि कानुन बनाउनु

  काठमाडौँ । स्वर्गद्वारी गुठी किसानहरूको वास्तविक पहिचानका आधारमा समस्या समाधानका लागि आवश्यक

मझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडी बढाउने सहमति

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण तत्काल अघि बढ्ने सहमति

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

  तनहुँ । तनहुँ जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन

डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना, चालक त्रिशूलीमा बेपत्ता

मुग्लिन । चितवनको कालीखोलामा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूलीमा खसेका छन् । इच्छाकामना