राजपा नेपाल र समाजवादी पार्टीबीच एकता, पार्टीको नाम ‘जनता समाजवादी’
काठमाडौं । उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी र राजपा नेपालबीच एकता भएको छ । भट्टराई निवास विशालनगरमा भएको लामो छलफलपछि बुधबार मध्यरातमा दुइ पार्टीबीच एकता भएको हो ।
एकताको सहमतिपत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महत्तो, महेन्द्र राय यादव र शरतसिंह भण्डारी तथा समाजवादीबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राइ र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् । एकतापछि एकीकृत पार्टीको नाम जनता समाजवादी पाटी,नेपाल रहने छ । यसअघि पटक पटक छलफल भएपछि एकता हुन सकेको थिएन । दल विभाजन खुकुलो हुनेगरी आएको अध्यादेशको त्रासले मध्यरात राजपा र समाजवादी पार्टीबीच एकता भएको हो ।