‘प्रधानमन्त्रीज्यू,‬ ‪आँखा र कान परीक्षण गराउन उपयुक्त होला !‬’



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गर्न सुझाव दिएका छन् । सरकारी संचारमाध्यमलाई दिएको अन्तरवार्ताका क्रममा प्रधानमन्त्रीले बाटोमा अलपत्र परेका नागरिकका बारेमा समाचार बनाएको भन्दै आपत्ति जनाएपछि कांग्रेस नेता थापाले प्रधानमन्त्रीलाई यस्तो सुझाव दिएका हुन् ।

थापाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘‪हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित, तिनलाई खुवाउने नागरिक,मद्दत गर्ने स्थानीय सरकार,व्यथा बताउने पत्रकार, आदेश दिने अदालतलाई परिचालित देख्ने, अनि तिनको पक्षमा उठेका आवाज ’कर्कश ध्वनि’ठान्ने हो भने प्रधानमन्त्रीज्यू,‬ ‪आँखा र कान परीक्षण गराउन उपयुक्त होला !‬’

त्यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । भट्टराईले ट्वीटमा लेखेका छन्, ‘यी लालाबाला सहितका विपन्न श्रमिकलाई लकडाउनभर या त कार्यस्थलमै अस्थायी व्यवस्थापन या तिनको थातथलोसम्म तीनै तहका सरकार मिलेर किन पुर्याउन सकिन्न?यो राज्यको दायित्व नभए कस्को हो?उल्टै सचेत गराउनेलाई धम्की?केही त लाजशरम गर,कणहरू हो! याद राख(‘ययाति आत्मश्लाघाले स्वर्गबाट गिरे तल..!’

लकडाउनको समयमा दुःख तथा हैरानी खेपेर यात्रा गरेका सर्वसाधारणको फोटो र भिडियो सञ्चार माध्ययमले प्रशारण गरेपछि प्रधानमन्त्रीले उक्त कुरा रहस्यपूर्ण भएको प्रतिक्रिया दिएका थिए । उनले एक अन्तर्वाताको क्रममा श्रमिकहरुले पाएको दुःखबारे भएको भन्ने कुरालाई ‘कर्कश’ भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षकहरुलाई राजीनामा दिन दबाब नदिन स्थानीय तहहरुलाई शिक्षक महासंघको चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलनरत

मध्यपहाडी राजमार्गको सुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल निर्माण

महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित

दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा

मातातीर्थमा देखिएको आमाको श्रद्धा(फोटोफिचर)

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने