सुरक्षाकर्मीलाई संयमता अपनाउन जवाफदेहीता निगरानी समितिको आग्रह



काठमाडौं । जवाफदेहीता निगरानी समूहले लकडाउनका बेला सुरक्षाकर्मीबाट सर्वसाधारणमाथि अमानवीय व्यवहार भएको भन्दै आपत्ति जनाएको छ । समूहका चरण प्रसाईंले शुक्रबार विज्ञप्ति जारी गरी सर्वसाधारण दुःखमा परेका बेला सहयोग गर्नुपर्नेमा त्यसो नगरी दुव्र्यवहार गरेको भन्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हालसालै ड्युटी सकेर वासस्थान जाने क्रममा परिचयपत्र देखाउँदा देखाउँदै त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सक तेजप्रकाश साहा लगायत तीनजना चिकित्सकहरुमाथि प्रहरीद्वारा भएको अमानवीय ब्यवहार तथा लाठी प्रहार, धरानको एक स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी चन्द्रप्रकाश खनालमाथि प्रहरीबाट भएको कुटपिट एवं दुब्र्यवहारका साथै गौर, रौतहट र केही दिनअघि भक्तपुर, भैरहवा, दाङ, नेपालगंज तथा मुलुकका अन्य भुभागमा बारम्बार सुरक्षाकर्मीहरुबाट भएका दुब्र्यवहार एवं कुटपिटका घट्नाको निगरानी समिति घोर निन्दा गर्दछ । यस्ता गैरकानुनी कार्य प्रहरी प्रशासनले तत्काल बन्द गर्न र त्यस्ता कार्यका लागि जिम्मेवार प्रहरीहरुमाथि अनुसन्धान गरी कानुन बमोजिम कारवाही गर्न जोडदार माग गर्दछ ।’

प्रेस विज्ञप्ति
बैशाख ५, २०७७
‘कोभिड–१९’ को रोकथामका लागि जारी लकडाउन लागु गर्ने क्रममा मुलुकका विभिन्न भुभागमा सुरक्षाकर्मीद्वारा नागरिकहरुमाथि हुँदै आएका गैरकानुनी शक्तिको प्रयोग, दुब्र्यवहार एवं कुटपिटका घट्ना तथा राज्यवाट संरक्षणको खाँचो भएका विपन्न तथा श्रमजिवि जनताले कष्टझेल्देै गन्तब्यमा पुग्न दिनहुँजसो भोग्दैआएका दुख–सास्तिका घटनाहरुप्रति जवाफदेहीता निगरानी समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
हालसालै ड्युटी सकेर वासस्थान जाने क्रममा परिचयपत्र देखाउँदा देखाउँदै त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सक तेजप्रकाश साहा लगायत तीनजना चिकित्सकहरुमाथि प्रहरीद्वारा भएको अमानवीय ब्यवहार तथा लाठी प्रहार, धरानको एक स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी चन्द्रप्रकाश खनालमाथि प्रहरीबाट भएको कुटपिट एवं दुब्र्यवहारका साथै गौर, रौतहट र केही दिनअघि भक्तपुर, भैरहवा, दाङ, नेपालगंज तथा मुलुकका अन्य भुभागमा बारम्बार सुरक्षाकर्मीहरुबाट भएका दुब्र्यवहार एवं कुटपिटका घट्नाको निगरानी समिति घोर निन्दा गर्दछ । यस्ता गैरकानुनी कार्य प्रहरी प्रशासनले तत्काल बन्द गर्न र त्यस्ता कार्यका लागि जिम्मेवार प्रहरीहरुमाथि अनुसन्धान गरी कानुन बमोजिम कारवाही गर्न जोडदार माग गर्दछ ।
साथै यस विपद र लकडाउन लागु भएको अवस्थामा अरु कुनै उपाय नपाए÷नदेखेपछि अन्तिम विकल्प रुवरुप ज्यान जोगाउँन आतुर भएर थाकथलो पुग्न मालसमान बोकी, परिवार तथा वालबच्चासमेत लिएर लामो–कठीन पैदल यात्रामा लागेका नागरिकहरु कतिपय जिल्लाका सिमानामा प्रवेश निषेध गरिएका कारणबाट बाटोमै अलपत्र परेको तथा भोकभोकै रहेका घट्ना, समाचार तथा दृष्यहरुले हामीलाई स्तब्ध बनाएको छ । मानवीय मर्यादाको सम्मान गर्दै वाध्यात्मक अबस्थामा नागरिकको आवागमनलाई सुरक्षित बनाई आफ्नो घरपरिवार वा गन्तव्यसम्म सहज रुपमा पुग्न सक्ने वातावरणको सुनिश्चितताका लागि संबन्धीत स्थानीय, प्रान्तीय तथा संघीय सरकारले तत्काल आवश्यक प्रबन्ध मिलाउन निगरानी समिति हार्दिक अपिल गर्दछं ।
जवाफदेहीता निगरानीको तर्फबाट

चरण प्रसाई, संयोजक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी

दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे

डोटीमा कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ  । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीन वटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की