लकडाउन वैशाख १५ गतेसम्म बढाउने सरकारको निर्णय



काठमाडौँ । सरकारले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो ।

एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमणहरु भेटिएपछि बढाएर सरकारले संक्रमण देखिदै गएपछि बढाउँदै लगेको हो ।

काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा दुई जनामा मंगलबार कोरोना संक्रमण देखिएको थियो भने सोमबार कैलाली र रौतहटमा एक एक जनामा कोरोना संक्रमण देखिएको थियो । यो सहित नेपालमा हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको छ ।मंगलबार नै छिमेकी भारतले लकडाउन १९ दिनका लागि बढाउने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सूर्य–चन्द्र ध्वजा उठोस् सगरको माथि–माथि’

नौलो वर्ष हर्ष बढोस् ! नौलौ वर्ष हर्ष बढोस्, कोही नहोउन् दुःखी यहाँ

सगरमाथासहितका ६ हिमाल सफाइ अभियान सुरु

काठमाडौं । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न छ हिमाल सफाइ अभियानअन्तर्गत ‘सफा हिमाल अभियान–२०२१’

सर्वोच्चद्वारा अनलाइन नवीकरण गर्ने व्यवस्था खारेज

काठमाडौं ।सर्वोच्च अदालतले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान खारेज गर्न आदेश

राष्ट्रिय सुरक्षाप्रतिको दायित्व अझ बढेको छः प्रधानसेनापति थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियहितका विषयमा छलफल हुदा सुरक्षामा मात्र होइन,