अवैतनिक महावाणिज्य दूतले सवारीमा नीलो नम्बर प्लेट प्रयोग गर्न नपाउने
काठमाडौं । सरकारले अवैतनिक महावाणिज्यदूतहरुको सुविधा खोस्ने निर्णय गरेको छ । एक अवैतनिक महावाणिज्यदूतले आफ्नो ओहदाको दुरूपयोग गर्दै गैरकानूनी गतिविधिमा संलग्न रहेको भेटिएलगत्तै सरकारले यस्तो निर्णय गरेको हो ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी अब विभिन्न देशमा रहेका नेपालका अवैतनिक महावाणिज्य दूतले आफ्नो सवारीमा नीलो नम्बर प्लेट र सम्बन्धित देशको झण्डा प्रयोग गर्न नपाउने जनाएको छ ।
यसअघि परराष्ट्र मन्त्रालयले महावाणिज्यदूतहरुलाई उनीहरुले जुन देशको प्रतिनिधित्व गर्छन् त्यस देशको झण्डा गाडीमा प्रयोग गर्न अनुमति दिएको थियो । किर्गिस्तानका लागि महावाणिज्यदूत रहेका सुलभ अग्रवाल थर्मनगन सामग्रीको कालोबजारी गरेको आरोपमा पक्राउ परेपछि सरकारले यस्तो निर्णय गरेको हो ।