हामीले लकडाउन उल्लंघन गरेमा के-के हुन सक्छ ?



राजधानीमै लक डाउन निकै फितलो देखिएको छ | बिहान र दिउँसो हावा खाने, सपिंग गर्ने तथा बिनाकाम समुह बनाएर हिंड्ने देखिनु निकै दुखद कुरा हो |

सरकारले लक् डाउन गरेको हाम्रै लागि हो | हामीले बिर्सिनु हुँदैन कि लक डाउन नगरेको भए अहिले नेपालको अवस्था बिकराल हुने थियो | हामी लक डाउनबाट नै बाँचेका छौं र बाँच्नेछौं |

हामीले लक डाउन उल्लंघन गरेमा के के हुन सक्छ ?
..
– हामी अस्पतालको आइसोलेसन वार्डमा एक्लै बस्नुपर्छ |
– परिवार तथा आफन्तले भेट्न मिल्दैन |
– कोरोना भाइरस घांटी हुँदै फोसोमा पुगेपछि यसले फोक्सोका कोष / Alveoli नष्ट गर्दै जान्छ | त्यसपछि हाम्रो फोक्सोको कोषबाट पानी लिक हुँदै फोक्सोमा पानी जम्छ | अर्थात भाइरल निमोनिया हुन्छ | यसको कारण हामीलाई सास फेर्न निकै गाह्रो हुन्छ | फोक्सोलाई काम गर्न गाह्रो भएपछि मुटु, किड्नी, ब्रेन लगायतका अंगमा अक्सिजन सप्लाइ निकै घट्छ | यसबाट फोक्सो तथा मृगौला फेलर हुन्छ | मस्तिष्कमा अक्सिजन नपुगेपछि बेहोश हुन सकिन्छ | मुटुमा अक्सिजन नपुगेपछि मुटुलाई ठूलो दवाव पर्छ | त्यो दवाबले गर्दा कार्डिक एरेस्ट हुन्छ | अनि हाम्रो मृत्यु हुन्छ | यो प्रक्रिया यति छिटो फैलिन्छ कि हाम्रा आइसीयु तथा भेन्टिलेटरले काम नगर्न सक्छन | यसै पनि हामीकहाँ भेन्टिलेटरको संख्या निकै कम छ |
मृत्यु भएपछि पनि हाम्रो दाह संस्कार गर्दा आफन्तले टाढैबाट गर्नुपर्छ, छुन मिल्दैन |
…….
त्यसैले लक् डाउन उल्लङ्घन नगरौं | आफु, आफ्नो परिवार, आफन्त, समाज तथा राष्ट्रलाई सुरक्षित राख्न जिम्मेवार बनौं | कोरोना भाइरस त्यसलाई सर्छ, जो लक डाउन उल्लङ्घन गरेर घर बाहिर निस्कन्छ | आगामी १ महिना दुख सह्यौं भने हामीले यो कष्टबाट मुक्ति पाउनेछौं |

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेलम्ची खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्र जलमग्न

काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि जलमग्न भएको छ ।

चिकित्सा शिक्षा आयोगको बैठकद्वारा नर्सिंङ शिक्षाको अध्ययन अध्यापन तथा क्षमता विस्तारसम्बन्धी कार्यदलको प्रतिवेदन पारित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १७

नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान संचालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि

आठौँ शताब्दी पुरानो माधवनारायण मेला एक महिनामा सम्पन्न

भक्तपुर । भक्तपुर जिल्लाको हनुमानघाटस्थित त्रिवेणीधाममा लागेको एक महिने माधव नारायण मेला एवं