सरकारलाई कोरोना परीक्षणको क्रम व्यापक बनाउन राप्रपा अध्यक्ष राणाको सुझाव



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले कोरोना महामारीविरुद्धको लडाईमा राष्ट्रलाई एकजुट गर्नसर्वदलीय संयन्त्र उपयुक्त हुने बताएका छन् ।

बन्दाबन्दीको चरणलाई सरकारले अन्तिम सफलताको रुपमा परिभाषा गरे गम्भीर भूल हुने अध्यक्ष राणाको भनाइ छ । दोस्रो चरणको संक्रमण दृष्टिगत गर्दै संवेदनशील क्षेत्रमा विशेष जोड दिएर परीक्षणको क्रम व्यापक बनाउनु पर्ने उनको सुझाव छ ।

आइतबार ट्वीट गर्दै उनले भने, ‘कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको छ । बन्दाबन्दी नै अन्तिम सफलता भन्ने भावमा रमाए गम्भीर भूल हुनेछ । पूर्वतयारी गरौं, परीक्षण व्यापक बनाऔं । संकटको घडीमा राष्ट्र नै एकजुट भएर महामारीविरुद्ध लड्नु पर्ने बाध्यता छ । आमजनतालाई एकाकार गर्न सर्वदलीय संयन्त्र उपयुक्त माध्यम हुनेछ ।’

मातृभूमि फिर्ता आएका धेरैले स्वास्थ्य प्रोटोकल पूरा नगर्दाको जोखिमतर्फ ध्यानाकर्षण गराउदै राणाले दुर्गम क्षेत्रहरूकोचुनौति सम्बोधन गर्न स्थानीय तथा प्रान्तीय संरचनालाई क्रियाशील तुल्याउनु पर्ने माग गरेका छन् ।

‘सीमा बन्द हुनुभन्दा अगावै देश फर्किएका धेरै नेपालीहरु कुनै स्वास्थ्य जाँच नगरी वा क्वारेन्टाइनमा नबसी गाउँ–गाउँ पुगेका छन् । ती व्यक्तिमा कोरोना संक्रमणको लक्षण देखा परे स्थानीय सरकारमार्फत प्रान्तीय स्वास्थ्य मन्त्रालय पठाउने र उपचार गर्ने प्रणाली व्यवस्थित गर्न जरुरी भएको छ ।’

राणाले आपतकालीन उपचार नगरी विरामी फिर्ता पठाउने नीजि अस्पताललाई सख्त कारवाही गर्नुपर्नेमा जोड दिएका छन् । सेवाग्राही जनताका लागि सरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरु सदैव खुला रहने सरकारले सुनिश्चित गर्नुपर्ने उनको भनाइछ ।

चूनौतिका बाबजुद पेशागत धर्म निर्वाह गर्ने स्वास्थ्यकर्मीप्रति आभार प्रकट गर्दै राणाले भने, ‘अग्रपंक्तिमा लड्ने सबै स्वास्थ्यकर्मीलाई प्रशंसनीय सेवाका लागि मूरी मूरी धन्यवाद दिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस कमजोर

काठमाडौँ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्यांकन

कृषि समितिको निर्देशनः स्वर्गद्वारी गुठी किसानहरूको समस्या समाधानका लागि कानुन बनाउनु

  काठमाडौँ । स्वर्गद्वारी गुठी किसानहरूको वास्तविक पहिचानका आधारमा समस्या समाधानका लागि आवश्यक

मझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडी बढाउने सहमति

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण तत्काल अघि बढ्ने सहमति

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

  तनहुँ । तनहुँ जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन