नेपालीलाई नेपाल आउन दिन नागरिक अगुवाहरुको अपील



कोरोना संक्रमणसँग जुध्नका लागि हाल नेपाल बन्दाबन्दी (लकडाउन) को अवस्थामा छ। बन्दाबन्दीमा जो जहाँ छन् त्यही बसिदिए राम्रो हो। तर विदेशमा दैनिक ज्यालादारीमा बाँच्ने मजदूरलाई ठेकदारले घर जाऊ भनेपछि, उनीहरूसँग देश फर्किनुको विकल्प रहँदैन।

नेपाल-भारत सीमा क्षेत्रमा सयौँको संख्यामा नेपालीहरू अलपत्र परेका खबरहरू आएका छन्। जुनसुकै अवस्थामा भए पनि नेपालभित्र पस्न, बस्न र जीवन यापन गर्न पाउने नेपाली नागरिकको संवैधानिक अधिकार हो। नेपालीलाई ‘देश निकाला’ गर्ने संवैधानिक र नैतिक हक कसैसँग छैन।

यो कुरालाई नेपाल सरकारले चीनको हुवानमा रहेका नेपालीहरूलाई आफ्नो विमान पठाएर स्वदेश ल्याएबाट र युरोप, अष्ट्रेलिया र अमेरिका लगायतका देशहरूले आफ्नो नागरिकलाई विशेष विमान पठाएर स्वदेश फिर्ता लगेबाट पनि प्रष्ट हुन्छ।

आफ्नो नागरिकको जीवन र स्वास्थ लगायतको हकको संरक्षण गर्नु राज्यको दायित्व हो। विदेशमा नै सुरक्षा र स्वास्थ्यको रक्षा गर्न खोजेको हो भने त्यो व्यक्तिको आत्मसम्मान र अन्तर्निहित अधिकारको विरूद्ध हुन्छ।

तसर्थ, सीमावर्ती इलाकामा रोकिएका सबै नेपालीलाई नेपाल प्रवेश गर्न दिन हामी नेपाल सरकारसँग जोडदार अपील गर्न चाहन्छौँ। नेपाल प्रवेश गर्न दिने निर्णय गरिएको भनिए पनि त्यो पालना नभएको देखिएको छ।

नेपाल प्रवेश गरेपछि सबैको परिक्षण गर्ने र आवश्यक परे क्वारेण्टिनमा राख्ने जिम्मा नेपालको हो, जसका लागि सीमा क्षेत्रमा सरकारले युद्धस्तरमा व्यवस्था गर्नु पर्ने देखिन्छ।

तयारी गर्ने जनशक्ति पर्याप्त नभए यस्तो अवस्थामा सुरक्षा निकायका सदस्यहरू पनि परिचालन गर्नु पर्ने हुन्छ। तर नेपालीलाई नेपाल आउनबाट रोक्न मिल्दैन।

कल्याण श्रेष्ठ
सुशीला कार्की
केदारभक्त माथेमा
दुर्गा सुवेदी
रवीन्द्र मिश्र

मिति १८ चैत २०७६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृषि समितिको निर्देशनः स्वर्गद्वारी गुठी किसानहरूको समस्या समाधानका लागि कानुन बनाउनु

  काठमाडौँ । स्वर्गद्वारी गुठी किसानहरूको वास्तविक पहिचानका आधारमा समस्या समाधानका लागि आवश्यक

मझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडी बढाउने सहमति

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण तत्काल अघि बढ्ने सहमति

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

  तनहुँ । तनहुँ जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन

डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना, चालक त्रिशूलीमा बेपत्ता

मुग्लिन । चितवनको कालीखोलामा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूलीमा खसेका छन् । इच्छाकामना