बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका व्यक्तिको रिपोर्ट नेगेटिभ



काठमाडौं । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना भई निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको छ । परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिएका छन् ।

उनको अर्को रिपोर्ट आउन भने बाँकी रहेको जनाइएको छ । उनी वैदेशिक रोजगारीबाट यही चैत ६ गते स्वदेश फर्किएका थिए । घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले उनी एक हप्तासम्म घरमै आराम गरी बसेका थिए ।

एक हप्तासम्म पनि ज्वरो नरोकिएपछि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आएकामा उनलाई चिकित्सकको सल्लाहअनुसार प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना गरी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा आइतबार पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात

गोरखा । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ । गएरातिदेखि यस पटकको

आत्मकेन्द्रित राजनीति सङ्घीयतामा चुनौती

काठमाडौँ । सङ्घीयताको अवधारणाअनुसार सबैजसो अधिकार राज्यसंयन्त्रको तल्लो तहमा प्रत्यायोजन गर्ने हो ।

किन कुण्ठाग्रस्त हुँदैछ नेपाली समाज ?

डा. गोविन्दशरण उपाध्याय । अहिलेको नेपाली समाज निरन्तर कुण्ठाग्रस्त (Frustration) हुँदैछ । दुईजना

बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो

काठमाडौँ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ ।