३०४ फ्रान्सेली नागरिकलाई लिएर फर्कियो कतार एयरवेजको जहाज



काठमाडौं । नेपालमा रहेका फ्रान्सेली नागरिकलाई लिएर कतार एयरवेजको जहाज फर्किएको छ । कतार एयरवेजको वाइडबडी जहाजले शुक्रबार बिहान ११ः५० बजेको उडानमा फ्रेन्च नागरिक लिएर फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले तीनजना बालबालिकासहित ३०४ यात्रु लिएर कतार एयरवेजको जहाज फर्किएको जानकारी दिए ।

कतार एयरवेजको सोही जहाज शनिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी अन्य फ्रेन्च नागरिक लैजानेछ । बिहान ११ः५० बजेको उडान निर्धारण गरिएको विमानस्थलले जनाएको छ ।

युरोपेली सङ्घको आग्रहबमोजिम नेपालका विभिन्न स्थानमा रहेका फ्रान्सेली नागरिकलाई परराष्ट्र मन्त्रालयसँगको समन्वयमा यहाँस्थित दूतावासले आफ्ना नागरिक काठमाडौँमा जम्मा गरी चार्टर्ड उडान गरेर लैजानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार र शनिबार गरी दुई उडानको अनुमति दिएको थियो ।

पोखरा, लुक्लालगायत गन्तव्यबाट फ्रान्सेली नागरिकलाई हवाई उद्धार गरी शुक्रबार काठमाडौँ ल्याइएको थियो । बुद्ध एयर र तारा एयरबाट उनीहरुलाई काठमाडौँ ल्याइएको थियो । लकडाउनका कारण देशका विभिन्न गन्तव्यमा रहेका विदेशीलाई नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा यहाँ रहेका सम्बन्धित मुलुकका दूतावासले उद्धार थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले मकुना मृत्यु छानबिन गर्न बनायो समिति गठन

  काठमाडौँ । सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जङ्गली हात्ती

५४ लाख रुपैयाँ धरौटी बुझाएर रवि लामिछाने रिहा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतले मागेको धरौटी

आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत मात्र खर्च हुने अनुमान

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान

कांग्रेसले भन्यो-आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन अध्यादेश

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले निजी क्षेत्र लगानीको इन्जिन भएको