प्रचण्डले सातै प्रदेशका प्रमुखसँग भेट गरेकोप्रति बाबुरामको आपत्ति
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सातै प्रदेशका प्रदेश प्रमुखहरुले गरेको सामूहिक भेटवार्ताप्रति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । भट्टराईले ट्वीट गर्दै भेटप्रति अपत्ति जनाएका हुन् ।