वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको श्रम स्वीकृति बन्द गरेको छ । वैदेशिक रोजगार विभागले अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति बन्द गरिएको जनाएको हो ।

सूचनामा कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयअनुसार श्रम स्वीकृति स्थगन गरिएको जनाइएको छ । ‘अर्को सूचना जारी नभएसम्म वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरिएको’ कार्यालयले जनाएको छ । यसअघि कतारको श्रम स्वीकृति दिन बन्द गरिएको थियो ।

कतार सरकारले नेपालीलाई कतार जान रोक लगाएपछि सरकारले श्रम स्वीकृति दिन बन्द गरेको थियो । अब नेपाली रोजगारीका लागि कुनै पनि मुलुकमा जान श्रम स्वीकृति तत्काल पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा