सुर्खेतमा एक जना नक्कली चिकित्सक पक्राउ



वीरेन्द्रनगर । अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा संलग्न दीपेन्द्र काफ्लेलाई पक्राउ गरेको हो । नेपाल मेडिकल काउन्सिल बाँसबारीको यही फागुन ५ गतेको पत्र अनुसार छानबिन गर्न र केन्द्रीय अनुसन्धान ब्युरोको यही फागुन ८ गतेको आवश्यक कारवाहीका लागि निर्देशन अनुसार काफ्लेलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

पक्राउ गरिएका उनलाई सुर्खेत जिल्ला अदालतबाट पहिलो पटक दिन तीन दिन म्याद थपको अनुमति लिइ अनुसन्धान कार्य थालिएको रावलले बताए। उनका अनुसार थप अनुसन्धान कार्यसमेत अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ

काठमाडौं । पाकस्तानी खुफिया एजेन्सी आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ

सुनुवाइ नसकिएपछि रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको

द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन आयोगको  आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन

जापानी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको भेट, भयो यी विषयमा कुराकानी

काठमाडौं । जापान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा र जापानका विदेशमन्त्री इवाया