कोरोनाको बढी संक्रमण देखिएका देशका नागरिकलाई प्रवेशाज्ञा नदिइने



काठमाडौं । सरकारले युरोपेली र मध्यपूर्वका कोरोना भाइरसको बढी संक्रमण देखिएका देशका नागरिकलाई प्रवेशाज्ञा रोक्ने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार साँझ बसेको बैठकले यसअघि विभिन्न ५ देशबाट आउने पर्यटकको प्रवेशाज्ञा रोक्ने निर्णय गरेकोमा बिहीबार युरोपेली र मध्यपूर्वका संक्रमित देशहरुबाट समेत प्रवेशाज्ञा रोक्ने निर्णय गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बढी संक्रमित देशहरुको नाम संकलन भइरहेको जानकारी दिए । तत्काल हवाई उडानहरु कटौती नगर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले संक्रमण भइहाले तयारी गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । क्वारेन्टान सेन्टर, आइसोशेसन कक्ष तथा उपकरणहरुको आपूर्ति बढाउन मन्त्रालयलाई निर्देशन दिइएको उनले बताए ।

त्यसैगरी उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि उपकरणहरुको आपूर्ति गर्न पनि समितिले भनेको छ । मन्त्री खतिवडाले तत्काल विद्यालय र परीक्षाहरु स्थगित नगर्ने निर्णय गरिएको बताए ।

आवश्यक परेको अवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको मेडिकल टिम र मेडिकल कलेज तथा अन्य संघ संस्थाहरुबाट स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्न तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
न्यायको संरक्षक र समाधानको उत्प्रेरक कि द्वन्द्व बढाउने पक्षधरता प्रधानमन्त्रीज्यू ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले रूपा सुनारको मुद्दामा राज्यको व्यवहारलाई लिएर

सरुवा, बढुवा तथा थमौतीका लागि एकजना प्रहरी पनि म कहाँ नआओस्ः गृहमन्त्री पौडेल

काठमाडौं । गृहमन्त्री विष्णुप्रसाद पौडेलले जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी

हल्ला नगरीकन छिट्टै नै खोप ल्याएर चमत्कारी देखाउने छौँः स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप

सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावितलाई प्रतिपरिवार आठ बन्डल जस्तापाता दिइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा बाढी पहिरोबाट विस्थापित परिवारका लागि प्रतिपरिवार