चीनका लागि प्रस्तावित राजदूत पाण्डेविरुद्ध उजुरी आह्वान



काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डेविरुद्ध उजुरी आह्वान गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले पाण्डेविरुद्ध उजुरी आह्वान गरेको हो ।

समिति सभापति लक्ष्मणलाल कर्णले मन्त्रिपरिषद्बाट चीनका लागि आवासीय र उत्तर कोरिया तथा मंगोलियाको गैरआवासिय राजदूतका लागि प्रस्ताव गरिएका पाण्डे विरुद्ध उजुरी आह्वान गरिएको जानकारी दिए ।

समिति सदस्यहरुलाई पाण्डेको व्यक्तिगत विवरण वितरण गरिएको र गुनासो तथा सूचना संकलनका लागि उजुरी आह्वान गरिएको बताए । फागुन १८ गते बसेको मन्त्रिपरिषद बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

पौडेललाई फिर्ता बोलाएर पाण्डेको नाम सिफरिस भएको थियो । समितिले नाम अनुमोदन गरेपछि पाण्डेको राजदूत नियुक्तिको बाटो खुल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षकहरुलाई राजीनामा दिन दबाब नदिन स्थानीय तहहरुलाई शिक्षक महासंघको चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलनरत

मध्यपहाडी राजमार्गको सुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल निर्माण

महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित

दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा

मातातीर्थमा देखिएको आमाको श्रद्धा(फोटोफिचर)

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने