प्रधानमन्त्रीलाई सामान्य जीवन जिउन कम्तीमा ६ महिनादेखि एक वर्षसम्म लाग्नसक्छः निजी चिकित्सक



काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति आफूहरु कन्फिडेन्स नभएसम्म डिस्चार्ज नगर्ने बताएकी छिन् । मंगलबार त्रिवि शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएपनि कन्फिडेन्स नभएसम्म डिस्चार्ज नगर्ने बताएकी हुन् ।

सम्भवतः अबको २/३ दिनमा प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिने उनले बताइन् । प्रधानमन्त्रीलाई अहिले नै डिस्चार्ज गर्न सकिने अवस्था रहेपनि भीडभाडमा जान नहुने भएकाले केही दिन अस्पतालमा राख्न खोजिएको उनले बताइन् । उ

नले यसका लागि परिवारबाटसमेत माग भएको जानकारी दिइन् । सामान्य मानिसले जस्तै जिउन प्रधानमन्त्रीलाई ६ महिनादेखि १ वर्षसम्म लाग्ने शाहको भनाई थियो । प्रधानमन्त्री ओलीको गत बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२० किलो चरेश र २१ किलो गाँजासहित रुपन्देहीमा सातजना पक्राउ

  लुम्बिनी । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणामको  गाँजा र चरेससहित सातजना

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट

चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक

पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’

वीरगञ्ज । पर्सा जिल्लाको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको

दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित

म्याग्दी । गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि