कोरोना संक्रमण भित्रिन नदिन अन्तर्राष्ट्रिय विमानस्थल र सीमामा थप जनशक्ति र उपकरण



काठमाडौं । सरकारले नेपालमा कोरोना भाइरस सङ्क्रमण भित्रिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विभिन्न सीमामा थप जनशक्ति तथा उपकरण व्यवस्था गरिएको जनाएको छ ।

कोरोना भाइरस संक्रमण हुन नदिने पूर्वतयारीका बारेमा राष्ट्रिय युवा संघ नेपालको ज्ञापन पत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमण भित्रिन नदिन सरकारले अधिकतम सजकता अपनाएको बताएका हुन् ।

छिमेकी मुलुकहरूसँगका स्थलमार्गका ३७ नाकामा प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा ‘हेल्थ डेस्क’ स्थापना गरी नेपाल भित्रिने यात्रुको जाँच भइरहेको उनले जानकारी दिए ।

हालसम्म शंकास्पद चार सय ३३ जना व्यक्तिमा कोरोना परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्री ढकालले जानकारी दिए । यद्दपी उनले कोरोना देखिएको छैन भन्दै चूप लागेर नवस्ने बताए ।

उनले नेपालमा संक्रमित बिरामी देखापरे सरकारी अस्पतालका १ सय ५५ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको जानकारी दिए । मन्त्री ढकालले बाहिर हल्ला भएजस्तो कोरोनाको भयावह अवस्था नेपालमा भने नरहेको बताए । ज्ञापन पत्र बुझाउदै युवा संघका संयोजक रामप्रसाद सापकोटाले कोरोना रोकथामका लागि सरकारसँग हात्तेमालो गर्न तयार रहेको बताए ।

चीनको वुहानबाट ल्याइएका नेपालीहरुप्रति सरकारले गरेको व्यवहारको प्रशंसा गर्दै संयोजक सापकोटाले छिमेकी मुलुक कोरोनासँग लडिरहेका र ती मुलुकबाट आउने व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरेर अगाडी बढ्न समेत आग्रह गरे ।

८ बुँदे ध्यानाकर्षणपत्रमा युवा संघले जस्तोसुकै जोखिम मोल्न तयार रहेको भन्दै बजारमा देखिएका कृत्रिम अभाव अन्त्य गर्न समेत माग गरेको छ । कोरोना संक्रमण देखिएमा बिरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्न समेत माग गरिएको छ भने विमानस्थल तथा भारतसँग रहेका खुल्ला सीमा नाकामा समेत अनिवार्य क्वारेन्टाइनको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरहामा महायज्ञ विवाद प्रकरणः पीडित परिवारद्वारा तीन जनाविरुद्ध प्रहरीमा जाहेरी

सिरहा ।  सिरहाको औरही गाउँपालिका—५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका घटनाका

दलको विकल्प राजसंस्था कुनै पनि अवस्थामा हुनसक्दैनः महासचिव गुरुङ

गोरखा । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र

संखुवासभाको सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरे

किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् ।

नेपालमा समस्या मात्रै छन् भनेर बनाउन खोजिएको भाष्य सत्य होइनः गृहमन्त्री लेखक

नवलपुर ।  गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने बताएका