नेपालमा आयोजना गर्ने भनिएका सबै अन्तर्राष्ट्रिय सभा सम्मेलन स्थगन गर्ने सरकारको निर्णय



काठमाडौं । नेपाल सरकारले नेपालमा आयोजना गर्ने सबै अन्तर्राष्ट्रिय सभा सम्मेलन स्थगन गर्ने निर्णय गरेका छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपालमा आयोजना हुने भनिएका सबै अन्तर्राष्ट्रिय सभा सम्मेलन स्थगन गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।

रक्षामन्त्रीको संयोजकत्वमा गठित कार्यदलको सुझावअनुसार स्थगन गरिएको उनले जानकारी दिए । नेपाल कोरोनाको उच्च जोखिममा भएको र स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै स्थगन गरिएको मन्त्री ज्ञवालीले बताएका छन् । अप्रिल २ देखि ४ सम्म आयोजना गर्ने भनिएको जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ मा बहससम्बन्धी कार्यक्रम सगरमाथा संवाद कार्यक्रम पनि स्थगित गरिएको बताइएको छ ।

नेपालले हासिल गरेका राजनीतिक, सामाजिक, आर्थिक, वातावरणीय, द्वन्द्व समाधान, मौलिक शान्ति प्रक्रियाजस्ता विषयका उपलब्धि तथा अनुभवलाई विश्व समुदायमाझ आदानप्रदान गर्ने उद्देश्यले सगरमाथा संवाद आयोजना हुन लागिएको बताइएको थियो । तर, विश्वभर कोरोनाको आतंक फैलिँदै गएपछि पूर्वसावधानी स्वरुप उक्त कार्यक्रम स्थगित गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर