प्रधानमन्त्रीका कारण बास्कोटाको अडियो प्रकरण छानविन प्रभावितः सभापति देउवा



काठमाडौं । नेपाली कांग्र्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा निवर्तमान संचारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको एक साता वितिसक्दा पनि छानबिन सुरु नभएको भन्दै आपत्ति जनाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति देउवाले यस विषयमा छानबिन सुरु नहुनुको पछाडि सरकारको सही नियत नभएको बताए ।

देउवाले अडियोमा ‘हामी’ भनेर कसलाई भनिएको हो भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने बताए । छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएर छानविन प्रभावित पारेको अराोप लगाए ।

उनले प्रश्न गरे, ‘छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो । त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन । छानबिन हुनुभन्दा पहिले तपाईँले निणर्य दिनुभयो भने तपाइँको बोलीको विश्वसनियता कमजोर भएन र ?’

उनले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र जारी गरेको बताए । उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफू प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको दाबी गरे । राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उहाँले स्वेतपत्रप्रति आपत्ति जनाए ।
उनले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय गन्तव्यमा निगमको अनलाइन टिकट बुकिङ सुरु

काठमाडौं । नेपाल वायु सेवा निगमले सोमबारदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय

मनास्लु हिमपहिरामा परेका दुईको अनुहार चिन्न नसक्ने अवस्थामा

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा गएको हिमपहिरामा पुरिएकामध्ये चार

इन्टरपोलद्वारा सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी

छाउगोठको ‘ब्रान्डिङ’

छाउपडी प्रथाले कर्णाली र सुदूरपश्चिमको विकासलाई अवरुद्ध त पारेको छ नै, यो कुप्रथा