प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रयारोपण गरिने



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । आइतबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उक्त जानकारी दिएका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपा अध्यक्ष रहेका ओलीको शिक्षण अस्पताल महाराजगंजमा मिर्गौला प्रत्यारोपण गरिने छ । त्यसका लागि ओली सोमबार अस्पताल भर्ना हुनेछन् ।

प्रवक्ता श्रेष्ठले सचिवालय बैठकले प्रधानमन्त्रीको सफल प्रत्यारोपण र स्वास्थ्य लाभको कामनासमेत गरेको बताए ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। केही समयअघि उनको मिर्गौलाले काम गर्न छोडेको थियो। त्यसपछि उनले नियमित डायलासिस गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी

ग्वार्को ‘फ्लाई ओभर’ उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले भने-अब मुलुकमा कायाकल्प हुन्छ

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्काेसहित आसपासका

डोटीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने

नेपालकै पहिलो ग्वार्कोस्थित फ्लाइओभर उद्घाटन

ललितपुर । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरको उद्घाटन गरिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा