पुस्तकमा गरिएको मूल्यवृद्धिको विरोधमा नेविसङ्घद्वारा देशभर विरोध प्रदर्शन



काठमाडौं । नेपाल विद्यार्थी सङ्घले पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दैै देशभर विरोध गरेको छ । सङ्घले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानूनी कारवाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्नेलगायतका माग राखी आइतबार देशभर विरोध गरेको हो ।

नेविसङ्घले उपत्यकाका त्रिचन्द्र, नेपाल ल कयाम्पस, शङ्करदेव, सरस्वती, पाटन, पशुपति, ग्रामीण आदर्शलगायतका क्याम्पस र देशभरका विभिन्न क्याम्पसअगाडि प्रदर्शन गरेको महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

अर्का महामन्त्री मनोज वैद्यले नेविसङ्घले राखेका माग सरकारले पूरा नगरे निरन्तर आन्दोलन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विगतका गरिएका सिफारिस कार्यान्वयन गर्न सरकारलाई आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले विगतका गरेका सिफारिस तथा विश्वव्यापी आवधिक समीक्षाको क्रममा

निर्वाचनपछि फेरि बहुमतको सरकार बनाउछौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका

अदालतको सम्मान, मर्यादा र सुरक्षाको पक्षमा उभियोस् सेना !

केशवप्रसाद भट्टराई । १. पृथ्वी नारायण शाह र भानुभक्तको सालिक ढाल्दै विदेशीहरूले नेपाल

थप ३०२ जनामा कोरोना संक्रमण, ४८० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य