भौतिक पूर्वाधारमन्त्रीको एक सय दिनको प्रगति विवरणः उपत्यकाको सडकका ९ हजार ५ सय खाल्डाखुल्डी पुरिए



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले आफ्नो सय दिने कार्यप्रगति सार्वजनिक गरेका छन् । शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री नेम्वाङले मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा मन्त्रालयबाट भएका मुख्य मुख्य कामहरुको विवरण सार्वजनिक गरेका हुन् ।

एक सय दिनमा उपत्यकाभित्र रहेका ९ हजार ५ सय खलडाखुल्डी पुर्ने कार्य भएको उनले बताए । यो सडकका खाल्डाखुल्डी र धुलोरहित बनाउने योजनामा प्राप्त भएको महत्वपूर्ण सफलता भएको उनले बताए । एक सय दिनको अवधिमा मर्मत समेत गरी उपत्यकामा २७ किलोमिटर सडक कालोपत्रे भएको दाबी गरे ।

हिउँदको भएकाले उल्लेखनिय मात्रामा कालोपत्रेको काम हुन नसकेपति प्राप्त उपलब्धि गौरवपूर्ण भएको र आर्थिक वर्षको अन्त्यसम्म थप ८५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य मन्त्रालयले लिएको उनले बताए । मन्त्री नेम्वाङले कोटेश्वरको ट्राफिक जाम व्यवस्थापनका लागि अल्पकालिन र दिर्घकालिन समाधानका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।

अल्पकालिन अवस्थाका लागि चार लेनको सडक निर्माणकार्य अगाडी बढाइएको उनले बताए । सडक चौडा बनाउन दक्षिणतर्फ जग्गा प्राप्ती भइसकेको र उत्तरतर्फ जग्गा अधिग्रहको प्रकृया सुरु भएको उनले बताए । मनोहरा कोरिडोरको सडकलाई समेत प्रयोगमा ल्याएर सवारी डाइभर्ट गर्ने बैकल्पिक मार्गको प्रयोग गरिने उनले बताए । चक्रपथ अन्तर्गत पर्ने ग्वार्को चोक, सातदोबाटो चोक र नख्खु चोकमा फ्लाईओभर निर्माणका लागि डिपिआर तयारीका लागि परामर्शदाता छनोटको काम भइरहेको छ ।

सुर्यविनायक—धुलिखेल सडकलाई विस्तार गर्दै कोटेश्वर र जडिबुटी चोकको ट्राफिक जामलाई दीर्घकालिन रुपमा समाधान गर्न फ्लाइओभर र अण्डरपास निर्माणका लागि जापान सरकारसँग समन्वय भइरहेको उनले जानकारी दिए ।

मन्त्रालयले मदनभण्डारी राजमार्गअन्तर्गत यो अवधिमा २६ किलोमिटर सडक कालोपत्रे गरेको छ । ११ वटा पुल निर्माण भएका छन् । सयदिनको अवधिमा २ सय किलोमिटर सडक कालोपत्रे भएको छ । १ सय ३० किलोमिटर ग्रावेल भएको छ भने ६९ किलोमिटर नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म सडक विभागबाट सञ्चालित योजनाहरुमा २४ दशमलव १३ प्रतिशत पूजिँगत खर्च भएको छ । लामो समयसम्म रुग्ण रहेका ठेक्काहरुलाई व्यवस्थापनका लागि सार्वजनिक खरिद नियमावदी २०६४ मा नवौं संशोधन भएपछि करिब १५ सय वटा ठेक्काको म्याद थप गरिएको छ । मन्त्रालय अन्तर्गत अहिलेसम्म कुल २२ दशमलव ८८ प्रतिशत पूँजीगततर्फको वित्तिय प्रगति रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर