अर्थमन्त्री ज्यू, ‘बहस कहाँ गरौं–संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?’



काठमाडौं । नेपाली कांग्रेस नेता गगन थापाले पुस्तकमा लगाइएको करबारे अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइप्रति आपत्ति जनाएका छन् ।

मन्त्री खतिवडाले ‘पुस्तकमा लगाइएको कर हट्दैन, बरु बहस गर्न तयार छु’ भनेको भोलिपल्ट थापाले सामाजिक संजाल फेसबुकमार्फत आफू बहस गर्न तयार रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘विद्धान अर्थमन्त्रीज्यूले भन्नुभएछ– पुस्तकमा कर लगाएको हो, ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु, ‘बहस कहाँ गरौं–संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?’


संचार मन्त्रालयको कार्यभार सम्हालेपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा खतिवडाले सरकारले ज्ञानमा नभई पुस्तकको व्यापारमा कर लगाइएको बताएका थिए । उनले भने, “पुस्तकको व्यापार पनि व्यापार हो, ज्ञान व्यापार होइन, पुस्तक बेचेर कमाएको नाफामा कर लाग्छ, यसमा दिग्भ्रमित नहुनुहोस्” ।

उहाँले ठूलो लगानीमा देशभित्र छापाखाना स्थापना भएको, कागजमा उनीहरुले कर तिरेको, सामान आयात गर्दा कर लागेको प्रसङ्ग जोड्दै स्वदेशी उद्योगको संरक्षण गर्ने लक्ष्यका साथ सरकार लागीपरेको बताएका थिए ।
उनले एउटा पुस्तकबाट ३० देखि ४० प्रतिशत कमिसन लिन मिल्ने तर १० प्रतिशत कर तिर्दा किन समस्या भन्दै मन्त्री प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनरको सम्मान

  बर्लिन (जर्मनी) । जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा

मदिरा सेवन गरी जलाधार कार्यालय रामेछापका प्रमुखले ताण्डव देखाएपछि…(भिडियोसहित)

रामेछाप । भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका हाकिमले मदिरा सेवन गरेर आतंक

तीन खर्ब राजस्व थपिने यस्ता छन् कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय समितिले दिएका सुझाव

  काठमाडौँ  । कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई बुझाएको प्रतिवेदनले मुलुकको

बर्लिनको पर्खाल अवलोकन गर्न पुगे राष्ट्रपति पौडेल

  काठमाडौँ ।  मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तत्कालीन पूर्वी