शेखरसँग प्रधानमन्त्रीको गुनासोः पार्टीका नेताहरुबाटै असहयोग भयो



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । कोइरालालाई भेटका लागि प्रधानमन्त्रीले बालुवाटार बोलाएका थिए । प्रधानमन्त्री ओली र नेता कोइरालाबीच देशको पछिल्लो राजनीतिक अवस्थाबारे एक घण्टा बढी कुराकानी भएको बताइएको छ । कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार प्रधानमन्त्रीसँगको भेटमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गोकुल बाँस्कोटाको अडियो प्रकरणदेखि संविधान संशोधनसम्मका विषयमा कुराकानी भएको थियो ।

कोइरालाले कुनै व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्दा गलत नजिर बस्ने भएकाले त्यसो नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । जवाफमा प्रधानमन्त्रीले प्रतिपक्षका रुपमा कांग्रेसले आफ्नो विरोध गर्नु स्वाभाविक भए पनि आफ्नै पार्टीका नेताहरुबाट असहयोग भएको गुनासो कोइरालासँग गरेका थपलियाले जानकारी दिए ।

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने र संविधान संशोधन गर्ने कुराले नेकपाभित्र ठूलो विवाद उत्पन्न भएको छ । नेकपा सचिवालयका अधिकांश सांसदले राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य युवराज खतिवडाको ठाउँमा उपाध्यक्ष वामदेव गौतमलाई लैजान चाहेका छन् । ओली भने जुनसुकै हालतमा युवराज खतिवडालाई नै निरन्तरता दिन चाहन्छन् ।

बुधबार बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो । बैठकले निर्णय गरेलगत्तै प्रधानमन्त्रीले ओलीले गौतमलाई कुनै हालतमा राष्ट्रियसभामा नलैजाने बताएपछि विवाद थप उत्कर्षमा पुगेको हो । गुट बनाएर आफूलाई अप्ठ्यारोमा पार्न लागिएको भन्दै ओली शशंकित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा