विभिन्न कार्यक्रम गरी मनाईयो पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस



काठमाडौं । २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देश भरभव्य रुपमा मनाइएको छ । सरकारले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई बेवास्ता गरे पनि देशभरका विभिन्न राष्ट्रवादी संघ संगठनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाएका हुन् ।

केन्द्रीय राजधानी काठमाडौलगायत देशका विभिन्न ठाउँका कतिपय राष्ट्रवादी संघसंगठनहरूले संयुक्त रुपमा यो दिवस मनाए भने कतिपयले आ–आफ्नै संगठनको ब्यानरमा मनाएका खबरहरू जानकारीमा आएका छन् ।

यसै क्रममा राष्ट्रिय शक्ति नेपालको पहलमा नेपाली काँग्रेस (बि.पी.), विश्व हिन्दू महासंघ, राष्ट्रिय सरोकार मञ्च नेपाल, बहादुर शाह प्रतिष्ठान तथा नेपाल कम्युनिष्ट समानान्तर लगायतका विभिन्न संघसंगठनले राजधानी काठमाण्डौमा संयुक्त रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् ।

शान्तिबाटिकामा भेला भई संयुक्त रुपमा निस्केर्को याली सिंहदरबारस्थित पृथ्वी नारायण शाहको शालिकमा पुगेर राष्ट्रनिर्माताप्रति पुष्प गुच्छा, माल्यार्पण तथा श्रद्धासुमन गर्न राष्ट्रवादी संघसंगठनका पदाधिकारी एवं देशभक्त स्वतन्त्र नागरिकहरू तछाड मछाड गरिरहेका थिए । उता पर्साको वीरगंजमा पनि विभिन्न राष्ट्रवादी संघसंगठनले एकसाथ पृथ्वी जयन्ती मनाएका छन् ।

राष्ट्रवादी शान्ति समुह , राष्ट्रिय नागरिक संघर्ष समिति , राष्ट्रिय सरोकार मंच नेपाल , राष्ट्रिय शक्ति नेपाल लगायत ले संयुक्त रुपमा यो दिवस भव्य रुपले मनाएका थिए । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा वीरगंजमा निकालिएको र्याली नगर परिक्रमा तथा नगर सभा गरेर सम्पन्नता भयो ।

विभिन्न संघ संस्था सहित राष्ट्रिय सरोकार मञ्च नेपालको सो कार्यक्रममा सहभागी तथा उपस्थिति थियो भने कार्यक्रम राष्ट्रिय सरोकार मञ्च नेपालका केन्द्रीय अध्यक्ष तथा कर्मनष्ठ अभियन्ता सोमबिक्रम सिंहको प्रमुख आतिथ्यमा सम्पन्नता भएको थियो ।

जिल्ला प्रहरी कार्यालयस्थित लाल बंगला अगाडीबाट निस्केको बाजागाजा र राष्ट्रिय झण्डासहित सहभागी भएकाहरूले संयुक्त रुपमा र्याली निकाल्दै नगर परिक्रमा गर्दै घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा राष्ट्रिय सरोकार मंचका अध्यक्षसोम विक्रम सिंह, राष्ट्रवादी नागरिक संघर्ष समितिका अध्यक्ष अब्दुल सतार अंसारी , शम्भु प्रसाद चौरसिया तथा महिला वक्ता लगायतका वक्ताहरूले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहले देश निर्माणमा र्पुयाउनु भएको योगदानहरूबारे चर्चा गरेका थिए । उता धनगढीमा पनि राष्ट्रिय सरोकार मंचको अगुवाईमा विभिन्न संघ संगठनले दिवस मनाएको छ ।

पृथ्वी जयन्ती मनाउने कार्यक्रममा धनगढीमा पेनाल्टी सुटआउटमा भाग लिएका फुटबल टिमबीच प्रतिस्पर्धा शुरूवात भयो । त्यसैगरी पोखरा, कैलाली , दमौली, बारा , सिरहा , रौतहट लगायतका देशैभर पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् । तनहुँको दमौलीमा राष्ट्रिय सरोकार मञ्च नेपालको तनहुँ जिल्लाका संयोजक उज्वल भट्टराईको संयोजकत्वमा पञ्चे बाजा सहित नगर परिक्रमा गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नक्कली भूटानी शरणार्थी प्रकरण : थप चार जनाको बयान लिइयो

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज चार जना प्रतिवादीको बयान लिइएको

प्रधानमन्त्री र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीका

सार्वजनिक लेखा समितिमा १२१ वटा उजुरी

काठमाडौं । सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका हालसम्म १२१ वटा उजुरी

नेपालको भूमि समावेश भारतको नक्सा नेपालमाथिको अपमान होः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालका भूमि समावेश गरी आफ्नो नयाँ संसद भवनमा