दरबारमार्गस्थित नेपाल ट्रस्टको भवन निर्माण रोक्न उच्च अदालतको आदेश



काठमाडौँ । उच्च अदालत पाटनले दरबारमार्गस्थित नेपाल ट्रस्ट भवन निर्माण यथास्थितिमा राख्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । मुख्य न्यायाधिश नहकुल सुवेदीको एकल इजलासले थामसेर्कु डेभलपर्सले बनाउँदै गरेको भवनको निर्माण अघि नबढाउन आदेश दिएको हो ।

६ अर्ब ४५ करोडको प्रस्ताव पठाएको थामसेर्कु डेभलपर्सले १ अर्ब ५९ करोड रुपैयाँमात्र ठेक्का सम्झौता भएको भन्दै अधिवक्ता परिवर्तन राईले रिट निवेदन दर्ता गराएका थिए ।

सार्वजनिक महत्वको विषय भएको र कानुनी प्रश्नसमेत देखिएको भन्दै उच्च अदालत पाटनले उच्च अदालत बार एसोसियसन पाटनलाई दुईजना वरिष्ठ अधिवक्ता या अधिवक्तालाई उपस्थित गराइदिन अधिवक्तालाई एमिकस क्युरीको रुपमा आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा

धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक

काठमाडौं। सर्वसाधारणका लागि खुला गरिएपछि बिहीबार पहिलो दिन धरहरा चढ्नेहरुको भीड लागेको छ।

संविधान संशोधनमार्फत प्रदेशसभाको संरचनामा व्यापक परिवर्तन गर्नुपर्छः उपसभापति वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना