रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरूको भेला सानेपामा सुरु



काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरूको भेला सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले गरेका केही निर्णयहरु सच्याउन दबाब दिन पौडेल समूहले सभापति भेला बोलाएको हो ।

देउवाले केन्द्रीय कार्यसमितिको बहुमतले महाधिवेशनको कार्यतालिका तोक्ने, विधानका दफा निलम्बन गर्ने, विभागको संख्या थप्ने र तरुण दलको म्याद बढाउने निर्णय गरेका थिए ।

भेलामा नेता पौडेल, महामन्त्री शशाङ्क कोइराला, कोषाध्यक्ष सितादेवी यादव, नेताहरु प्रकाशमान सिंह, बलबहादुर केसी, रामशरण महत, अर्जुननरसिंह केसी, हृदयराम थानीलगायतको सहभागिता रहेको छ ।

भेलामा जिल्ला सभापतिहरु मधु आचार्य (काभ्रे), अमरबहादुर पुन (रोल्पा), सञ्जय गौतम (बर्दिया), बैकुण्ठ न्यौपाने (तनहुँ), हर्ष बम (कालिकोट), दीपबहादुर शाही (जुम्ला), कमल रेग्मी (सुर्खेत), जगदिश्वरनरसिंह केसी (नुवाकोट), सुरेन्द्र आचार्य (कपिलवस्तु), सवुज बानियाँ (काठमाडौं), विकास लामा (सिन्धुपाल्चोक)लगायतको उपस्थिति छ ।

पौडेल–सिटौला पक्षले बहुमतको निर्णय सच्याउनुपर्ने बटमलाइन अघि सारेको छ । यसैका लागि सभापति देउवालाई दबाब दिन पौडेलले जिल्ला सभापतिहरूको भेला बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवानद्वारा आफैंमाथि गोली प्रहार

सुदूरपश्चिम । कञ्चनपुरमा एकजना प्रहरी जवानले आफैंलाई गोली हानेका छन् । सुदूरपश्चिम प्रदेश

एमाले नेता ऐन महरविरुद्धको बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च अदालतको आदेश

काठमाडौं । नेकपा एमालेका नेता ऐन महरविरुद्ध बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च

बेलायतका एकसय प्रभावशाली व्यक्तिको विजेता सूचीमा नेपाली व्यवसायी सुजन कटुवाल

  बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि

सौर्य जहाज दुर्घटना पीडितद्वारा न्याय नपाएको गुनासो

काठमाडौं । सौर्य जहाज दुर्घटनाका पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् । घटनाको