सूर्य थापालाई भीम रावलको प्रश्नः मलाई उपदेश दिने अधिकार तपाइँले कहाँबाट पाउनु भयो ?



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबीच सामाजिक सञ्जालमा वाकयुद्ध शुरु भएको छ । आइतवार प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले प्रवक्ताले गर्नुपर्ने काम रावलले गरेको आरोप लगाउँदै फेसबुकमा रावललाई प्रश्न गरेपछि दुईबीच वाकयुद्ध सुरु भएको हो ।

फेसबुकमा थापाले परिभाषित जिम्मेवारी र कार्यक्षेत्रको प्रश्न शीर्षकमा थापाले लेखेका थिए, ’यहाँ यो एउटा दृष्टान्त मात्र प्रस्तुत गरिएको हो। पार्टीका निर्णयहरू पार्टी प्रवक्तामार्फत सार्वजनिक गरिने वैधानिक र व्यवहारिक जिम्मेवारी, परम्परा र अभ्यास रहिआएको छ। कमरेड भीम रावल सुदूर पश्चिम प्रदेश समन्वय कमिटी ईन्चार्ज रहनुभएको छ। अनि प्रवक्ताको काममा यो के को अभ्यास हो?’

थापाको यस्तो सुझाव आएपछि उनले गोविन्द दुवाल नामको एकाउन्टबाट, ’सूर्य थापाजीको ट्वीटबारे भीम रावल के भन्नु हुन्छ?’ भन्दै राखिएको एउटा पर्चा रिट्विट् गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको

कांग्रेस महाधिवेशन : महाधिवेशनस्थलको ५ सय मिटर क्षेत्रभित्र प्रचार सामग्री राख्न नपाइने

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकका १५ कार्यसूची तय

काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकमा स्थायी

भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु

भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा परेर