बैंक अफ काठमाडौंका पूर्वसिइओ श्रेष्ठलाई एक करोड धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले कीर्ते कागजातका आधारमा ऋण दिएको अभियोगमा थुनामा रहेका बैंक अफ काठमाडौंका पूर्वसिइओ अजय श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासशबाट यस्तो आदेश भएको हो । बैंकर श्रेष्ठ र किरणकुमार बोहोरालाई जनही एक एक करोड धरौटी लिएर रिहा गर्न आदेश भएको हो । सर्वोच्चले उच्च अदालतबाट भएको दुवैलाई थुनामा राखी अनुसन्धान अघि बढाउन दिएको आदेश बदर गर्दै धरौटी मागेको हो ।

उच्च अदालतले दुवैलाई थुनामा पठाएपछि सर्वोच्च गएका थिए । बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसहित ११ जनालाई पाँच करोड रुपैयाँ ऋण दूरुपयोग बारे उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत असोजमा पक्राउ गरेको थियो। लुम्बिनी बैंकलाई मर्ज गर्नुअघि नै गएको ऋण दूरुपयोग भएको उजुरी परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

काठमाडौं । राजश्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा कर प्रशासन

उत्तरगङ्गा जलाशययुक्त आयोजना डिपिआरमै अल्झियो

गलकोट । नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रुपमा चर्चा कमाएको उत्तरगङ्गा जलाशययुक्त

एक रुपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ(भिडियोसहित)

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनका संस्थापक सीताराम कट्टेलले रंगशालाको काम अघि बढ्न नसक्दा

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिने

काठमाडौँ । बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक सामाजिक सुरक्षा