नेपाल आफ्नो राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न सफल हुनेछ: मोहनविक्रम सिंह



नेपाल कम्युनिष्ट पार्टी (मसाल), केन्द्रीय कार्यालय
वक्तव्य
कालापानी समेतका क्षेत्रहरूमा भारतीय साम्राज्यवादले गरेको अतिक्रमणका विरुद्ध हाम्रो पार्टीले पहिलेदेखि नै कडा विरोध गर्दै आएको छ । अहिले भारतले निकालेको नयाँ नक्साले त्यो खतरालाई अरू गम्भीर बनाएको छ । तर, भारतको त्यस प्रकारको नीतिका विरुद्ध देशव्यापी रूपमा जुन विरोध कार्यक्रमहरू सम्पन्न भएका छन्, त्यसले नेपाली जनताको उच्च प्रकारको देशभक्तिको भावनालाई प्रदर्शन गरेको छ । त्यस सन्दर्भमा सरकार सहित विभिन्न राजनीतिक पार्टी वा सङ्गठनहरूमा जुन ऐक्यवद्धता देखापरेको छ, त्यसलाई नेकपा (मसाल)ले स्वागत गर्दछ । त्यस प्रकारको ऐक्यवद्धताको आधारमा नेपाल आफ्नो राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न सफल हुनेछ भन्ने कुरामा हाम्रो पार्टीले पूरा विश्वास राख्दछ ।
२०७६ कार्तिक २५ गते
मोहनविक्रम सिंह
महामन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मङ्सिर १५ गते सबै पालिकामा अस्पताल भवन शिलान्यास गरिने

काठमाडौं । आगामी मङ्सिर १५ गते सबै पालिकामा एकै पटक अस्पताल भवन शिलान्याश

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले सङ्क्रमणको दर तीव्र गतिमा विस्तार भइरहेका जिल्लामा हाल सञ्चालनमा रहेका

चाडपर्वमा स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड पालना गर्न आमनागरिकलाई गृह मन्त्रालयको अनुरोध

काठमाडौं । गृह मन्त्रालयले दशैंमा भोजभतेर नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आम

लोक सेवा आयोगद्वारा कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित

काठमाडौं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित