प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै काठमाडौंमा प्रदर्शन



काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालालाई सर्वाेच्च अदालतले आधाभन्दा बढी सजाय छुट दिँदै जेलमुक्त गराएपछि नागरिकहरु विरोधमा उत्रिएका छन् ।

पूर्वडीआईजी कोइराला रिहाइविरुद्ध नागरिकका तर्फबाट शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाअभियोग लगाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए । प्रदर्शनमा सहभागीहरुले अदालतको चोला फेर्ने चोलेन्द्रलाई महाअभियोग लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

श्रीमती गीता ढकालको हत्या कसुरमा जिल्ला र उच्चअदालतले कोइरालाविरुद्ध सर्वस्वसहित जन्मकैद जेल सजाय तोकेको थियो । तर गत असार १५ गते सर्वाेच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे ११ वर्ष जेल सजाय छुट दिएपछि कोइराला बिहीबार जेलमुक्त भएका थिए ।

र यो पनि

रन्जन कोइरालाले सजाय घटी पाउनु ठूलो कुरा होइन, उनी हिजोका डिआइजी हुन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली युवा रोजगारीका लागि बाध्यात्मकरुपले विदेशिनुपर्ने अवस्थालाई अन्त्य गर्छौंः श्रममन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशबाट फर्किएकालाई नेपालभित्रै रोजगारीको

कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चन

  काठमाडौँ । कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ । निश्चित समय मन्दिरमा बसेपछि

सरकारले एक हजार प्रतिभावान युवालाई फेलोसिप उपलब्ध गराउने

  काठमाडौँ । सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई ‘फेलोसिप’ उपलब्ध

१० लाख रुपैयाँमा सुरु गरेको बेकरीबाट मासिक २ लाख आम्दानी गर्दै धरानका दुई युवा

धरान ।  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई