रन्जन कोइरालाले सजाय घटी पाउनु ठूलो कुरा होइन, उनी हिजोका डिआइजी हुन् !



डा.युवराज संग्रौला ।
न्याय सत्य खोज्ने प्रक्रिया हो । अहिले हामीले प्रयोग गरेको न्याय प्रणाली उपनिवेशी न्याय प्रणालीबाट आएको हो, र अहिले पनि उपनिवेशिनै छ । भारतबाट भौतिक उपनिवेश गयो, तर हाम्रा न्याय क्षेत्रमा गाडिएको उपनिवेशी न्याय प्रणाली कहिलेपनि गएन । जनताको आस्था न्याय प्रणालीप्रति शून्य छ । छट्पटी गर्नु बाहेक केहि छैन । सबै कुरा औपचारिकतामा सकिन्छ । नियुक्ति, कार्यविधि, फैसला सबै । तर पनि यही क्षेत्रमा म निरन्तर लागि रहेको छु । मलाई विश्वास छ, अब आउने पुस्ताले यसलाई बदल्ने छ । हामीले गरेको फोहोर नयाँ पुस्ताले सोर्ने छ । तर बीस बर्ष लाग्छ । भोलि इतिहास लेखिने छ। इतिहासबाट डराउन सिक्नु सबैका लागि कल्याण हुन्छ।

१. न्याय प्रणालीमामा सामाजिक न्यायको अवधारणा जिरो छ । कम्पनीले व्यक्तिकाविरुद्ध मौलिक हक उल्लंघनका मुद्धा हाल्छन्, तत्काल पेसी पर्छ । विकासका योजना रोक्ने अन्तरिम आदेश जारी हुन्छन् । धनीका मुद्दा हेर्ने कमर्सियल इजलास छन्, वकालत सेवा होइन व्यापार भएको छ । न्यायाधीश गोजीका लिस्टबाट मध्यरातमा नियुक्त हुन्छन् । राम्रा जति न्यायाधीश डामिन्छन् । बिचरा बनेका छन् । छोराछोरी पढाउन जागिर कायम राखेर बसेका छन् ।

२. एक पटक एक आततायी श्रीमतीले आफू बच्न घच्याट्दा लागेको चोटले लोग्ने मरेछ, बिचारा त्यो महिलालाई जोगाउन सकिएन । उनी सजाय भोग्दा भोग्दै टिबी लागेर मरिन् । दाङमा झुट्टो मुद्दामा फसाएको विजय शर्माको पीडा सुन्छु, फोन उठाउन मन लाग्दैन । पुलिसले भात खाएको पैसा माग्दा झगडा परेर जिउ मास्ने बेच्ने मुद्दा लागेकी महिला जेलमा सडेको देखेको छ । कम्पनीले भ्याट नतिरेको आरोपमा इन्जिनियरले जेल भोग्नु पर्ने बाध्यता छ । गरिब जति जेलमा छन् । सामाजिक न्यायको एक शब्द उच्चारण कहीं हँुदैनन् । सरकार कम्युनिष्टको, बारमा कम्युनिस्ट, महान्यायाधिवक्ताको अफिस कम्युनिस्टको नेतृत्वमा । किन गरिब मात्र जेलमा, अनि किन धनीको सजाय मात्र कम हुने ? आफूलाई माक्र्सवादी विज्ञानको विद्यार्थी भन्न लाज लाग्छ । न्याय काङ्ग्रेस, कम्युनिष्ट, वकिल, न्यायाधीश, नेता कर्मचारी सबैको कठपुतली बन्यो । आएरले एउटा फैसला लेखेका छन्, जब समाजमा न्याय मर्छ समाजमा मानिसको हालत पोखरीबाट बाहिर निकालेको माछा जस्तै हुन्छ।

३. जुरिमेट्रीक्स लगाएर अध्ययन गर्दा दुई ठकुरी न्यायाधीशले गरेका फैसलाले एउटा रोचक तथ्य बाहिर ल्यायो । एक जनालाई भरुवा बन्दुकले मारेको रहेछ । अर्कोमा हंसियाले घाँटी काटेर मारेको रहेछ । मार्ने र मर्ने साथीहरू । फैसलामा बन्दुक घातक हतियार मानिएनछ । हंसिया चैं घातक भएछ । बन्दुक हान्नेलाई सजाय घटाइएछ । हांसिया हान्नेलाई सर्बस्व भएछ । किनकी घरमा बन्दुक भित्तामा झुन्ड्याउने बाबुसाहेबहरुलाई नाथे भरुवा बन्दुक घातक नलाग्नु स्वाभाविक कै हो । त्यसैले रन्जन कोइरालाले सजाय घटी पाउनु ठूलो कुरा होइन । उनी हिजोका डिआइजी हुन् । माथि भनिएकी महिलाको समाजमा के महत्व !

४. हामीले चलाएको न्यायको श्रोत मेडिसन, चर्चिल, जोहन लक, कोलम्बस, स्तटुवार्ट मिल, म्याकाउले, मैन, अस्टिनबाट आएको छ । जोहन लकले भने, दक्षिण अमेरिका र उतर अमेरिकाका आदिबाशी अपराधी मान्छे बाट मानबलाइ जोगाउन उनिहरुलाइ मार्दा अपराध हुँदैन । चर्चिलले भने खरायो जस्तो नानी पाउने इन्डियन मर्दा किन आपत्ति ? आंग्रेज महिलालाई छुँदा बीस बर्ष सजाय र सेता मालिकले कामदार महिला बलात्कार गर्दा महिलाले शुद्ध चरित्र प्रमाणित गर्नु पर्ने । गरिबलाई न्याय कमन ल मा छैन । अमेरिका मा २७ लाख कैदी, ९० प्रतिशत काला गरिब र आदिबासी ।

५. न्याय गर्न अबधारणा चाहिन्छ । कृष्ण आयर र भगवतीमा सामाजिक न्यायको अबधारणा थियो, हाम्रोमा त न्यायाधीश जागिर हो । न्याय जागिर हो । त्यसैले रन्जनले न्याय पाउँछन्, गरिबले पाउँदैनन् । विजय शर्मा जेलमा धनी र पदवाला जति बाहिर । हाम्रो अदालतमा सबैथोक छ । सामाजिक न्याय र न्यायमा निस्पक्षता छैन । त्यसैले यो अड्डा हो । न्यायालय ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलवायु न्याय सुनिश्चित गर्न र क्षतिका मुद्दाहरूलाई सम्बोधन गर्न विश्व समुदायलाई दबाब दिने अन्तर्राष्ट्रिय संवादको निष्कर्ष

  काठमाडौँ । नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार

इलाम । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको

संसदीय समितिको टिओआरमा रवि लामिछानेको नाम राख्नैपर्ने कांग्रेसको अडान

काठमाडौं । सहकारी ठगी छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेशमा नेपाली कांग्रेसले गृहमन्त्री

संसदको अवरोध हटाउन एकीकृत समाजवादीले प्रधानमन्त्री र कांग्रेससँग छलफल गर्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदको गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र